टेक्सस– नेपाली समाज टेक्ससको नया कार्यसमितिले आईतबार नेपाली मन्दिरमा सामुहिक पुजा गरेको छ ।
नेपाली समाज टेक्ससलाई पवित्र ढंगले अगाडी बढाउने प्रतिवद्धता सहित नेतृत्व टिमले सामुहिक पुजा गरेको हो ।
पुजामा निर्विरोध अध्यक्ष दिनेश शर्मा लगायत कार्यसमितिका सबै पदाधिकारीहरु सहभागि थिए । नेपाली मन्दिरका पुरोहितले नेपाली संस्कार अनुसार पुरा गराएका थिए ।
नेपालीहरुको बाक्लो बसोबास रहेको टेक्ससको सबै भन्दा ठुलो छाता संगठनमा राजनिति भन्दा टाढा रहदै आएको छ । नेतृत्व गर्ने पदाधिकारी विभिन्न राजनितिक आस्था भएपनि संस्थामा आएपछि राजनिति हाबी गर्नु हुदैन भन्ने मान्ता रहदै आएको छ । निर्विरोध अध्यक्ष शर्माले नेपाल समाज टेक्ससलाई बिगतमा जस्तै सबैको साझा संस्थाकै रुपमा अगाडी बढाउने बताएका छन् । शनिवार औपचारिक रुपमा नया समिति बिजयी भएको घोषणा निर्वाचन कमिटीले गरेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected