टेक्सस– अमेरिकाको टेक्सस स्थित अभिङमा आईतबार खुशी विज्ञान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा भएको कार्यक्रममा जीवन विज्ञानकी प्रशिक्षक निर्मला केसी जीवन जिउन अपनाइने विभिन्न अवस्थाका बारेमा जानकारी दिएकी थिइन । उनले जीवनमा आउने प्रतिकुल अवस्थामा मनस्थितिलाई अनुकुल बनाउन सके जीवन संधै हर्षमय हुने बताइन ।


‘मनलाई आनन्दीत र स्थिर राख्न के मात्र साधना योगाभ्यास हो’ केसीले भनिन–जीवन र मनलाई प्रतिकुलताबाट अनुकुलतामा लैजान योग र ध्यानको जरुरत हुन्छ ।’ उनले जीवन विज्ञान र काठमान्डौमा हरेक महिना संचालन हुने कार्यक्रमको बारेमा समेत अवगत गराएकी थिइन । पछिल्लो समय बढदै गएको तनावपुर्ण जीवनबाट छुटकरा पाउन योग र ध्यानमा सर्वसाधारणको आकर्षण बढ्दै गएको छ ।
टेक्ससको ड्यालसमा पनि नेपालीहरुले नियमित रुपमा योग र ध्यान गर्ने क्रम बढेको छ । यसैलाई मध्यनजर राखेर जीवन विज्ञान काठमान्डौद्धारा संचालित खुशी विज्ञान कार्यक्रम पहिलो पटक ड्यालसमा गरिएको योग प्रशिक्षक माला महतले जानकारी दिइन । आगामी दिनमा यो कार्यक्तम ड्यालस क्षेत्रमा नियमित आयोजक गर्ने उनले बताइन ।


कार्यक्रमका ड्यालस तथा फोटवर्थ क्षेत्रका योग तथा ध्यानमा रुची राख्ने ४५ भन्दा बढी नेपालीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected