टेक्सस–अमेरिकी सेनाले आइतबार सोमालियामा अल शबाब आतंककारी समुह माथि सोमबार हवाई हमला गरेको छ । अलकायदा भन्दा पनि खतरनाक आतंकबादी समुह मानिने अल शबाब माथि गरिएको हमलामा चार आतंककारी मारिएका छन् ।
अमेरिका– अफ्रिका कमाण्डले सोमालियाको संघीय सरकारसंग समन्वय गरी आतंकबाद विरुद्ध हमला गरेको जनाएको छ ।

सेनाले आतंकबादीहरुको मुख्य तीन स्थानलाई लक्ष्ति गरी हवाई आक्रमण गरेको थियो । पछिल्लो समय अलकायदाको घट्दो शक्ति अल शबाबको लोकप्रियता बढीरहेको छ । सयुक्त राष्ट्रसंघका सेना संग लडेकै कारण उनिहरुलाई ठुलो सैन्य प्रशिक्षण मिलेको छ । अत्याधुनिक हतियारले सुसज्ति यो समुहको पछिल्लो क्रममा आतंकबाद हाबी भइरहेको छ ।
आयरो अल शबाब यो आतंकबादी संमुहको पहिलो नाइके थिए । सोमालियामा उनको समुहले हारेपछि तालिवानसंग मित्रता बढाएर उनीहरुसंग आफना लडाकुलाई अफगानिस्तानमा सैनिक तािलम दिलाएका थिए । यसपछि नै अल शबाबले तालिवानले जस्तै सोमालियामा आक्रमण गर्न सुरु गरेको हो ।
सरकारी तथ्याङक अनुसार सन् २०११ सम्म अब शबाब सग झण्डै १५ हजार प्रशिक्षित आतंकबादी लडाकु थिए ।
तस्विर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected