टेक्सस– अमेरिकाको जर्जिया निवासी पर्यटनदुत राजा घलेलाई सम्मान गरिएको छ ।
न्या वर्ष तमु ल्होछारको उपल्यक्षमा गुरुङ संस्कृति संरक्षण र सवद्धनमा योगदान पु¥याए वापत उनलाई गुरुङ सोसाइटी अफ अमेरिकाले सम्मान गरेको हो ।
कलक्र्सटनको एटलान्टा एरिया स्कुल फर डेपमा भएको कार्यक्रममा उनलाई सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा अमेरिकाका १७ राज्यका ५ सय भन्दा बढी समुदायको उपस्थिति रहेको थियो ।
गुरुङ समुदायको ठुलो चार्ड ल्होछारको अमेरिकामा हुने कार्यक्रममा प्रत्येक वर्ष घलले उल्लेख्य सहयोग र योगदान पु¥याउदै आएका छन् । उनले प्रत्येक वर्ष आयोजना हुने ल्होछारमा समुदायको ज्येष्ठ पुरुष र एक महिलालाई जेष्ठ सम्मान स्वरुप मायाको चिनो प्रदान गदै आएका छन् ।
भव्य रुपमा अयोाजीत ल्होछार कार्यक्रम गुरुङ सोसाइटी जर्जियाका अध्यक्ष मनोज गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । नेदरल्याण्डबाट आएका गोपाल गुरुङ प्रमुख अतिथि रहेको कार्यक्रममा विभिन्न गीत नृत्य प्रस्तुत गरिएको थियो ।
हरेक वर्ष फरक राज्यमा हुदै आएको यो ल्होछार कार्यक्रम अर्को वर्ष मासाचुसेटमा गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...