टेक्ससको चर्चमा सयौको ज्यान जोगाउने सुरक्षा अधिकारीलाई ट्रम्पले भने बहादुर
टेक्सस–अमेरिकाको टेक्सस स्थित फोटवर्थ नजिकैको चर्चमा एक आक्रमकारीले गोली चलाउदा दुई जनाको ज्यान गयो । प्रार्थना सभा भइरहेको समय भएको आक्रमणामा चर्चका सुरक्षा अधिकारीले पनि जवाफ कार्वाही गर्दा आक्रमणकारी मारिए ।
२ सय ४ जना श्रद्धालुहरु प्रार्थना सभामा भइहेको बेला अन्धधुन्ध गोली चलाउने आक्रमणकारीलाई डलाएपछि धेरैको ज्यान जोगियो ।४३ वर्षीष्य कीथ थोमस नामक गरेका आक्रमणकारीलाई सुरक्षा अधिकारीले जवाफी कार्वाहीमा डलाएका थिए
अपराधिक गतिविधीमा संलग्न आक्रमणकारी यस अघि पनि धेरै पटक प्रहरीले पक्राउ गरि कार्वाही गरिसकेका व्यक्ति हुन ।
चर्च आक्रमणमा अन्य सयौ जनालाई हताहती हुनबाट जोगाउने सुरक्षा अधिकारीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले बहादुर भन्दै प्रशंसा गरेका छन् ।
ट्रम्पले ट्वीट गदै भनेका छन्– ‘ति बहादुरलाई धन्यवाद दिन चाहन्छु, जसले २ सय ४२ जना श्रद्धालुहरुको ज्यान बचाए ।’
उनले यी बहादुहरुले सर्वसाधारणको ज्यान जोगाए र टेक्ससको कानुनले उनिहरुलाई हतियार राख्ने अनुमति दियो ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...