नेपाल जनसम्र्पक समिति ड्याल च्याप्टर तथा वेस्ट टेक्सस च्याप्टरको आयोजनामा आइतबार यहा“ विपि कोइरालाको १०६ औ जन्मज्यन्तिको अवसरमा विपि स्मृति दिवस मनाइएको छ ।
युलेस स्थित फिस्टेल रेष्टुरेन्टमा आयोजीत कार्यक्रममा विपिको राष्ट्रिय चिन्तनलाई सबैले शिरोपर गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा मिनेन्द्र रिजालले विपि नेपालीले युगौ सम्म सम्झने युग पुरुष भएको बताए । उनले विपिको समाजवाद र मेलमिलापको नितीलाई सबैले शिरोपर गर्न सके देश समुन्नत हुने विश्वास व्यक्त गरे ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपिको आदर्शलाई सबै नेपालीले अहिले सम्म पनि सम्मान गदै आएको डा रिजाललेले प्रष्टाए ।

कार्यक्रममा जनसम्पर्क समिति ड्यालस च्याप्टरका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की, प्रवासी एकता मञ्चका भिम कार्की, पुर्व अध्यक्ष हरिबोल भण्डारी, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, समाजसेवी कृष्ण लामिछाने, लेखक शैलेस आचार्य लगायतले विपिको चिन्तन र राष्ट्रियताको बारेमा चर्चा गरेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected