टेक्कस– २०१९ लाई विदाई गर्दा नया वर्ष २०२० लाई विश्वभरी नै आतिसबाजी गदै मनाएर स्वागत गरिएकाे छ ।
विश्वभरका शहरहरु नया वर्षको आगमनले आतिसबाजीले रंगारंग बने । नया वर्षलाई स्वागत गदै सहरहरु जागा रहे । कहि संगीतको साथ तथा कही डान्ससंगै आकाशमा आतिबाजी सहित धुमधाम भएको खबर छ । सबैले २०१९ लाई विदा गरे र २०२० लाई भव्य स्वागत गरे ।
यही दौरान अमेरिकको प्रसिद्ध न्युयोर्कको टाइम्स स्क्वायरमा हजारौ मान्छे र रंगीविरंगी आतिसबासीले विश्वको ध्यान खिच्यो । टाइम्स स्क्वायरमा पोस्ट मेलन बिटिीएस र सेम हंटको लाइभ म्युजिक सुन्न सर्वसाधारणको घुइचो रहेयो ।
रातभर चलेको उत्सवले न्युयोर्क सहर गुलजार बनेको थियो । अमेरिकका अन्य मुख्य सहरहरुमा पनि नया वर्षलाई गीत संगीत आतिसबाजीले यसरी नै धुमधाम गरेर स्वागत गरिएको थियो ।
विश्वका चर्चित मानिने सुन्दर सहर फ्रान्स अष्टे«लिया, स्वीजरल्यान्ड, बेलायत लगायत थुप्रै सहर रातभर जागा रहे ।


रुसको सेट पीट्सबर्ग सहर नया वर्षको स्वागतमा दुल्ही जस्तै सिंगारियो । सहरको मुख्य सडकमा उर्तिएर सर्वसाधारणले नया उत्साह र हर्षका साथ नया वर्षलाई स्वागत गरे ।
फ्रान्सको राजधानी पेरिसमा नया वर्ष मनाउन सर्वसाधारण आर्क डे ट्रंफमा जम्मा भएका थिए । सडकमा राखिएको लेजर लाइटले रातलाई उज्यालो बनाएको थियो । यहा“को उज्यालो उत्सवलाई क्यामेरामा कैद गर्न सर्वसाधारणको हानथाप नै भयो ।
यस्तै स्वीजरल्यान्डको लुसानमा साझ नपदै सर्वसाधारण जम्मा हुन थालेका थिए । साझ पर्न थालेपछि सर्वसाधरण २०२० लेखिएको चश्मा, कार्ड लिएर सडकमा उर्तिदै नया वर्षलाई स्वागत गरे । आतिसबाजीले सहर पुरै रंगिएको थियो ।


यस्तै स्पेनमा पारिवारिक परिधानको पहिरन लगाउदै नया वर्षलाई स्वागत गरे भने लेबानमा रातभर सडकमा नया संगीत सुन्दै सर्वसाधारणले नया वर्षलाई स्वागत गरे । यता जापानमा हावामा बेलुन छाडदै नया वर्ष मनाए ।दक्षिण कोरियामा पारिवारिक जमघट संगै नया वर्ष मनाएको समाचार छ । यस्तै विश्वका अन्य थुप्रै सहरमा विभिन्न उत्सव तथा संगीतसंगै नया वर्ष २०२० लाई भव्य स्वागत गरेका छन् ।

तस्वीर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected