नया वर्षको आगमनसगै अमेरिकामा विभिन्न ठाउँमा गोली कान्ड, दुईको मृत्यु, दर्जनौ घाइते
टेक्सस– नया वर्षकै दिन फ्लोरिडाको एक रात्री क्लबमा गोली चल्दा दुई जनाको ज्यान गएको छ ।
पलोरिडाको औरलेण्डमा बुधबार बिहान ४ बजे भएको घटनामा दुई जनाको ज्यान गएको प्रहरीले अन्तराष्ट्रिय संचारमाध्यमहरुलाई जनाएको हो ।
क्लबमा नया वर्ष मनाउन भेला भएका माथि बन्दुकधारीले गोली चलाएको थियो । नाइट क्लबमा २ सय ५० जना रमाइरहेका थिए । गोलबारी बीच त्यहा“ भागदौड मच्चिएको थियो ।
गोली प्रहार गरेर फरार रहेका बन्दुकधारीको प्रहरीले खोजी गरिरहेको छ । घटनास्थलमा प्रहरी तैनाथ रहे पनि सबै बाहिर थिए घटना क्लब भित्र घटेको थियो ।
यसैबीच अमेरिकाको पश्चिम भर्जिनिया नया वर्ष कै दिन हुक्का बारमा भएको गोलीकाण्डमा सत जना घायल भएको समाचार छ । प्रहरीले खोजतलासका क्रममा पार्किङ लटमा गोलीका धेरै खोका फेला पारेको थियो । अमेरिकामा टेनेसी लगायत अन्य राज्यहरुमा गोलीकान्डका छिटफुट घटनामा केही घाइते भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...