टेक्सस– भारतीय मुलका एक पर्वतरोही अमेरिकी पर्वतिय आरोहणका क्रममा खसेर पनि बाच्न सफल भएका छन् ।
अमेरिकाको तटीय राज्य ओरगनको सबै भन्दा ठुलो हिमाल ‘माउन्ट हुड’बाट ५ सय फिट तल खसेर पनि १६ वर्षिय किशोर गुरबाज सिंह बा“च्न सफल भएका हुन । स्थानिय संचारमाध्यमले जनाएका अनुसार उनि आफना साथीहरु संगै हिमाल आरोहण गर्न निस्केका थिए । उनि क्यानडा निवासी हुन ।


यो उनको ९० औ पटकको हिमाल आरोहणको प्रयास थियो । आरोहणको क्रममा उनको खुट्टा चिप्लिएपछि उनी खसेका थिए । त्यति माथिबाट खसेर पनि बा“च्न सफल भएको भन्दै अन्तराष्ट्रिय संचारमाध्यमहरुले चमत्कारिक भन्दै हेडलाइन बनाएका छन् । चिप्लिएर खसेका उनलाई उद्धारटोलीले १० हजार ५ सय फिट माथिबाट उद्धार गरेर बचाए । उनको स्थानिय एक अस्पतालमा खुट्टाको शल्यक्रिया गरिएको छ । यतिमाथि बाट खसेर पनि बाच्ने उनलाई सबैले भाग्यमानी भन्दै प्रशंसा गरेका छन् । उनलाई उद्धार गर्न धेरै समय लागेको थियो । यो हिमाल अमेरिकाको ओरेगन क्षेत्रको सबैभन्दा उचो हिमालको रुपमा चिनिन्छन् ।


अमेरिकी अधिकारीका अनुसार हिउले ढाकिएको यो हिमश्रृखला वर्षेनी धेरेको संख्यामा हिमाल आरोहण गर्न जाने गरेका छन् ।

तस्वीर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected