टेक्सस– नेपाल भ्रमण वर्ष २०२० को यतिबेला देशविदेशमा चर्चा छ । धेरै भन्दा धेरै पर्यटक नेपाल भित्राउन सबै आतुर छन् ।
विदेशमा रहेका नेपालीहरुले भिजिट नेपाल–२०२० को प्रचार प्रसारमा व्यापक रुपमा लागीरहेका छन् । यस्तै अमेरिकाको टेक्सस स्थित फोटवर्थ बस्ने नेपाली गोपाल अधिकारीले भिजिट नेपाल–२०२० लाई प्रर्वद्धन गर्न मेरो टिर्सट डिजाइन डटकम मार्फत प्रचारप्रसार गरिरहेका छन् ।यतिबेला उनले डिजाइन गरेको भिजिट नेपाल–२०२० को टिर्सट को माग अमेरिकामा बढ्दो छ । भिजिट नेपाल–२०२० लेखिएको टिर्सट लगाएर नेपालीहरुले पनि व्यापक प्रचारप्रसार गरिरहेका छन् ।


एक वर्ष अघि सामान्य रुपमा नेपाली चिनारी दिने टिर्सट डिजाइनर गरेर विक्री वितरण गदै आएका अधिकारीले यस पटक भने भिजिट नेपाल–२०२० को नारालाई सार्थक बनाउन मेरो टिर्सटडिजाइन डटकम को औपचारिक उदघाटन गरी पर्यटन प्रर्वद्धनमा लागेका हुन । ‘नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल–२०२० लाई केही सहयोग पुगोस भनेर पनि
टिर्सट डिजाइन व्यवसाय थालेको हु“, अधिकारीले भने– ‘केवल व्यवसायिक फाइदा मात्र नहेरी नेपालको पहिचान विदेशमा पनि बढोस भन्ने हो ।यसरी उनले बनाएका डिजाइनका टिर्सट लगायतका बस्तुरु अमेजन लगायत टेक्ससका नाम चलेका प्रिन्टिङ हाउसले छाप्दै आएका छन् ।

यसरी उनले बनाएका डिजाइनका टिर्सट लगायतका बस्तुरु अमेजन लगायत अमेरिकाका नाम चलेका प्रिन्टिङ हाउसले छाप्दै आएका छन् ।

उनले भिजिट नेपाल–२०२० को पुर्ण प्रमोशन होस भन्ने हेतुले अहिले बढी भन्दा बढी यसैसंग सम्बन्धी टिर्सट नै डिजाइन र बजारमा ल्याउने काम भइरहेको बताए ।
नेपाल भ्रमण वर्षको सुरुवात संगै नेपाली समुदाय मात्र नभइ विदेशीले समेत यो टिर्सट र नेपालको अन्य पहिचान दिने खालका टिर्सटहरु किन्ने क्रम बढेको अधिकारीले बताए ।अहिले उनले नेपाली समुदायलाई नै केन्द्रित गरेर नेपाली पहिचान दिने डिजाइन तयार पारेर बजारमा ल्याइरहेका छन् । उनले तयार पारेका टिर्सट लगायतका अन्य बस्तुहरु अमेजन मार्फत अनलाइन किन्न पाइन्छ । त्यस्तै टेलिफोन मार्फत कल गरेर ठेगाना दिएमा सिपिङ गरेर पाउन सकिन्छ ।
भिजिट नेपाल–२०२० को टिर्सट खोज्दै भौतारि रहनु भएको छ भने अब धन्दा मान्नु पदैन । फाेट वर्थका सुदिप अधिकारीकाे परिवारले पनि भिजिट नेपाल २०२० काे टिर्सट किनेर नेपालकाे पर्यटन प्रवर्धन गरेका छन् । नेपाल पर्यटन वर्षकाे प्रचारका लागी सबैले किनेर लगाउदा राम्राे हुन्छ उनले भने- ‘यसले भिजिट नेपाल २०२० लाई सहयाेग पुग्छ ।  ,मेरो टिसर्ट डिजाइनले अमेरिकामा जुनसुकै राज्यमा रहेका नेपालीहरुले पाउन सक्नेछन । टिर्सट नर्थ क्यारोलिना , क्यालिफोर्नियामा पनि स्टक छ र यहा“बाट पनि सिपिङ हुने अधिकारीले बताए ।युरोपको रिगा लाडभियाबाट पनि मेरो टिर्सट डिजाइनहरु प्राप्त गर्न सकिन्छ । नर्वेका बेन इरिकले पनि नेपालकाे चिनाेकाे रुपमा टिर्सट किनेर लगाएका छन । उनले नेपालकाे प्रशंसा पनि गरेका छन ।
छिटो र छरितो सेवाका लागि युरोपको रिगा लाडभियाबाट पनि मेरो टिर्सट डिजाइनहरु ढुवानी हुदै आएको छ ।
यसरी उनले बनाएका डिजाइनका टिर्सट लगायतका बस्तुरु अमेजन लगायत टेक्ससका नाम चलेका प्रिन्टिङ हाउसले छाप्दै आएका छन् ।

 

यसरी तयार पारिएको टिर्सटको मुल्य सामान्यतः १२ डलर देखि ३१ डलर मुल्यका छन् । टिर्सटका अलवा, मग, टोपी, सिरानी, टावल, सेलफोन केश लगायतका विभिन्न दैनिक आवश्यकताका बस्तुमा समेत भिजिट नेपाल–२०२० को प्रचार गरिएका बस्तुरु समेत उपलब्ध छन् ।
भिजिट नेपाल–२०२० को प्रर्वद्धनमा लागेका अधिकारीले भ्रमण वर्ष भरी एक लाख टिर्सट छाप्ने लक्ष्य लिएको बताए । भ्रमण वर्षकै प्रचारप्रसार होस भन्ने उद्देश्यले उनले अमेरिकामा रहेका सेलिब्रेटी तथा रेष्टुरा व्यवसायलाई निशुल्क टिर्सट दिने व्यवस्था मिलाएका छन् । अमेजनमा आइटी सर्पोटर समेत रहेका अधिकारीले लामो समय नेपालको पोखरा बसेर पढदै र अध्यापन गराउदै २००९ मा अमेरिका आएका थिए । विदेशमा नेपालको पहिचान र पर्यटन प्रर्वद्धन गर्न यो अभियानमा लागेको छु’ उनले भने– अमेरिकामा नेपाली समुदायलाई लक्षित गरी मेरो टिर्सट डिजाइन डटकम औपचारिक रुपमा सुरुवात गरेका छौ ।’

टिर्सट तलकाे बेससाईटमा गएर छान्न सकिन्छ

https://www.merotshirtdesign.com/

https://www.amazon.com/s?rh=n%3A7141123011%2Cp_4%3AMero+T-Shirt+Design&ref=w_bl_sl_s_ap_web_7141123011
https://www.merotshirtdesign.com/

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected