सागर अर्याल
ह्युस्टन टेक्सास
नेपाल हेरिटेज युनियन (एनएचयु)को तेस्रो अधिबेशन आज ह्युस्टन स्थित आशियाना रेस्टुरेन्टमा साधारण सभा गरेर बाबुराम बस्यालको नेतृत्व मा नया कार्यसमिति सर्बसम्मत चयन गरेको छ ।
अधिबेशन बाट महासचिबमा कर्ण बोगटि, कोषाध्यक्ष मा रमा भट्टराई सर्बसम्मत निर्बाचित भए । नबनिर्बाचित अध्यक्ष सहित पुर्ब कार्यसमिति को पदाधिकारी को सल्लाहमा तिन जना उपाध्यक्ष , तिन जना सचिब एक जना सहायक कोषाध्यक्ष र सातजना कार्यसमिति सदस्य पनि अधिबेशन्स्थल मै मनोनित गरिएको थियो ।
लक्ष्मण भन्डारि तुल्सिराम बस्याल र दामोदर भन्डारि रहेको निर्बाचन समितिले नबगठित कार्यसमितिको घोशणा गरेका थिए । यस अघि निबर्तमान कार्यसमितिका महासचिब डिसज न्याैपाने ले एनएचयु गठन यता गरेका सामजिक, सास्कृतिक एबम धार्मिक कृयाकलापहरुको सम्क्षिप्त प्रतिबेदन पेश गरे भने कोशाध्यक्ष दिपेन्द्र गौतमले सस्थाको आम्दानि खर्चको बिबरण सार्बजनिक गरेका थिए । आर्थिक पार्दर्शितामा जोड दिएका गौतमले सस्थाको सबै हिसाब किताब जो सुकैले हेर्न , सोध खोज गर्न सक्ने ब्यबस्था मिलाइएको जानकारि गराए ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...