टेक्सस– अमेरिकी आक्रमणमा इरानी सैन्य दस्ताको प्रमुख मेजर जनरल सुलेमानी मारिएपछि खाडीमुलुक र अमेरिका बीच युद्धको खतरा बढेर गएको छ ।
सुलेमानी मारिएपछि इरान राष्ट्रपति हसन रुहानीले मृतक सुलेमानीलाई शहिरद घोषणा गदै त्यसको बदला लिने धम्की दिएपछि युद्धको खतरा बढेर गएको हो । उनले इरानी सरकारको वेभसाइटमा लेख्दै भनेका छन्– ‘इरान अरु अन्य आजादी देश मिलेर यो जघन्य हत्याको बदला लिएर छाड्छौ ।’ इरानका यी सबै भन्दा शक्तिशाली रणनितिक योजनाकारको रुपमा चिनिन्थे ।
इरानी नेता अयातुल्लाले पनि अमेरिकालाई चेतावनी दिदै बदला ठुलै लिएर छाडने चेतावनी दिएका छन् । उनले देशमा तीन दिन शोकको घोषणा समेत गरेका छन् । उनिहरुको यो चेतावनी संगै अमेरिका संग खाडी मुलुकको तनाव बढेर गएको संकेत मिलेको विश्लेषकहरुले बताएका छन् ।अमेरिकाले सुरक्षालाई मध्यनजर राखेर तत्काल आफना नागरिकलाई इरान छाड्न आदेश दिइसकेको छ ।

अमेरिकी आक्रमणमा मारिएका इरानी सैन्य दस्ता प्रमुख सुलेमानी

रुसले पनि अमेरिकाले सुलेमानीको हत्यालाई अमेरिकाको खतरनाक कदम भनेको छ । रुसी विदेश मन्त्रालयले पनि इरानले अमेरिकासंग इरानले बदला लिन तयार भइरहेको बताएको छ । यसले विश्वमा नै एक खालको युद्धको खतरा निम्तने हो भन्ने भय समेत सृजना भएको छ । यो खतरालाई लिएर चीनले अमेरिका र इरान दुवैलाई संयमता अपनाउन आग्रह गरेको छ ।
अमेरिकी रक्षा मन्त्रालयले उक्त हमलालाई अमेरिका माथिको संभावित हमला टार्ने कदम भन्दै टिप्पणी गरेको छ । तर इरानी विदेश मन्त्री जावेद जारिफले यसलाई अन्तराष्ट्रिय आतंकवादको कदम भनेका छन् । बिहीबार इराकको बग्दादमा इरानी फौजका दस्ता प्रमुख सुलेमानी मारिएपछि इरान आक्रोसित भएर उठेको छ ।
इराक स्थित अमेरिकी दुताबासमा आक्रमण भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चेतावनी दिएका थिए । गत आइतबार अमेरिकाले इराक र सिरियामा हवाइ आक्रमण गरेर केही लडाकु मरेपछि इराक स्थित अमेरिकी दुताबासमा आक्रमण गरेका थिए । दुताबासको आक्रमणमा इरान संलग्न रहेका बताउदै ट्रम्पले कुनै क्षति भए इरानले ठुलो मुल्य चुकाउनु पर्ने धम्की दिएका थिए । ट्रम्पको धम्कीको केही दिनपछि नै इरानी सेन्य कमाण्डर सुलेमानी मारिएका छन् । अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पकै निर्देशनमा सुलेमानीको हत्या गरिएको प्रष्टाएको छ । अमेरिकाले यो आक्रमणलाई भावी इरानी आक्रमण योजनाालई कमजोर बनाउन लक्षित भएको जनाएको छ ।
संभावित आक्रमणलाई ध्यानमा राखेर अमेरिकाले शुक्रबार मात्रै ३ हजार हवाई सैन्य दस्ता अमेरिकी दुताबास इराकाको सुरक्षार्थ पठाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected