भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउदो सेप्टेम्बर २२ गते अमेरिकाको टेक्सस राज्यको ह्रयुस्टनमा प्रवासी भारतीयहरुलाई सम्बोधन गदैछन् ।
ह्युस्टनको एनआरजी स्टेडियममा हुने कार्यक्रममा मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । उनी संयुक्त राष्ट्र महासभाको वार्षिक सत्र कार्यक्रममा सहभागी हुन २१ सेप्टेम्बरमा अमेरिका आउनेछन् । कार्यक्रममा झन्डै ५० हजार भारतीयहरु सहभागी हुने जनाइएको छ ।
यो मोदीको तेस्रो आगमन हो । यस अघि उनी २०१४ मा न्युयोर्क र २०१६ मा सिलिकन भ्यालीमा प्रवासी भारतीयलाई संबोधन गरेका थिए ।
एक तथ्याङक अनुसार अमेरिकामा झन्डै ४ लाख तेलुगु भाषा बोल्ने भारतीय रहेका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...