टेक्सस– इराकको संसदमा एक प्रस्ताव पारित गदै सबै विदेशी सैनिकलाई देश छाडन आग्रह गरेको छ ।
इराकी भुमीलाई विदेशी सैनिकको बललाई रोक्न यस्तो प्रस्ताव पारित ग¥दै देश छाडन आग्रह गरेको हो । गत शुक्रबार इरानी सैन्य कमाण्डर जनरल कासिम सुलेमानी इराककमो राजधानी बगदादमा मारिएका थिए । यो घटनापछि नै इराकले यो प्रस्ताव ससदमा पेश गदै पास गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
अहिले इराकमा ५ हजार अमेरिकी सैनिक रहेका छन् । संसदले विदेशी सैनिक भने पनि यो अमेरिकी सैनिकलाई लक्ष्ति गरी प्रस्ताव पास गरेको हो । इराकी ससदले सरकारलाई विदेश बलमा इराकी जमीन, हवाई क्षेत्र र जलक्षेत्र प्रयोग गर्नबाट रोक लगाउन समेत माग गरेको छ ।
इराकी संसदले सरकारलाई अमेरिकी सेनाको सबै खाले सहयोग समेत बन्द गर्न भनेको छ । इराकी ससदको विशेष सत्रमा प्रधानमन्त्री अब्दुल महदीले पनि जति सक्दो चाडो इराकबाट विदेशी सैनिक उपस्थिति अन्त्य गर्नुपर्ने बेला आएको छ । इराकी प्रधानमन्त्रीले इरानी सैन्य कमाण्डरको हत्यालाई राजनिति हत्या को रुपमा चित्रित गरेका छन् ।
इराकमा रहेका अमेरिकी सैनिकले इराकी सैनिकलाई तालिम समेत दिदै आएका छन् । अब इराकसंग दुई विकल्प छ एक तत्काल अमेरिकी सैनिकलाई देश निकाला गर्ने बिल पास गर्ने र अर्को अमेरिकी सेनालाई तालिममा मात्र सिमित राख्ने , इराकी प्रधानमन्त्री महदीले भनेका छन् ।
तस्वीर एजेन्सी
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...