टेक्सस– अमेरिकाको टेक्सस क्षेत्रको डयालस फोटवर्थ क्षेत्रमा सक्रिय सामाजिक अभियान्त इरा आचार्यको ४५ औ पुण्य तिथीमा यहा“का नेपालीले सम्झना गरेका छन् ।
हस्र्ट नेपाली समाजद्धारा आइतबार आयोजीत इरा आचार्य सम्झना सा“झमा टेक्ससका नेपाली समुदायले उनको योगदानको चर्चा गरेका थिए ।
अमेरिका जस्तो व्यस्त जीवनशैलीमा पनि काम गदै नेपाली समुदायको हक हितमा सक्रिय उनको सामाजिक योगदानका सबैले मुक्तकण्ठले प्रशंसा गरे ।

नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले स्वर्गीय इरा आचार्यलाई फ्लोरेन्स नाइटेङगलको सज्ञा दिदै उनको सामाजिक योगदानलाई हामी सबैले पछ्याएर अघि बढनु पर्ने बताए ।
कार्यक्रममा प्राध्यापक तथा नेपाली समाज टेक्ससका अभियान्त डा प्रभात दिक्षितले नेपाली समाज टेक्ससमा इरा आचार्यले पु¥याएको सामाजिक योगदानलाई कसैले पनि भुल्न नहुने बताए । हस्र्ट नेपाली समाजकी अध्यक्ष प्रतिमा खरेलको सभापतित्वमा भएको कार्यक्रममा
स्वर्गीय आर्चायका श्रीमान बैकुण्डराज आचार्य, काजल श्रेष्ठ, भानु खरेल, बादल भुजेल, लिला श्रेष्ठ, चाहना खरेल,प्रकाश गौतम, शशी भट्टराई, दिनेश मैनाली, डा माया उपाध्याय, शिलु घिमिरे, पवन लामिछाने, भगवती पौडेल लगायतले स्वर्गीय आचार्यको योगदानको चर्चा गरेका थिए ।


उनी टेक्ससको फोटवर्थ हस्र्टमा परिवार संगै बस्दै आचार्यको ५९ वर्षको अल्पायुमै निधन भएको थियो ।सन् २००६ मा अमेरिका आएकी इराले टेक्ससमा रहेर बा“चुन्जेल आफुले सकेको सामाजिक योगदान दिइन । संघसंस्थाको अगुवाई गरिन । २०१३ देखि २०१४ सम्म उनी ड्यालस एभरेष्ट लायन्स क्लबको अध्यक्ष भएर काम गरिन ।
त्यतिबेला उनले यहा“ वाक फर किडनी नामक सहयोग अभियान चलाएर नेपालमा आरोग्य केन्द्रका लागी उनको पहलमा सहयोग पनि भयो त्यतिबेला । त्यस्तै उनी ब्लड डोर्नस अफ अमेरिकाका केन्द्रिय सदस्य तथा प्रकाशन प्रमुख भएर पनि काम गरिन । त्यस्तै उनी डेपलपमेन्ट फर पिस इन्टरनेशनलको कार्यक्रम निर्देशक भएर लामो समय देखि सामाजिक अभियानलाई अगाडी बढाउने काम गरिन । नेपालमा संस्था मार्फत ४० जना अनाथ तथा भुकम्प पीडित बालबालिका लागी पढाउने उनको पहलमा पढाउने काम भयो ।

इराको सहयोगी मन अमेरिका आउनु अगाडी नै नेपालमा हु“दा देखि नै हो । उनी नेपालमा १९९९ देखि २००४ सम्म युएनडिपी अन्तर्गत लघु उद्यम विकास कार्यक्रमको कार्यक्रम निर्देशक भएर काम गरिन । त्यतिबेला उनको पहलमा नेपालाका २ हजार महिलालाई लघु उद्यमी बन्न सफल भए । डिएफआइडीमा दुई वर्ष लघु उद्यम विशेषज्ञ भएरै काम गरिन । त्यस्तै अन्य सघ संस्थामा रहेर पनि उनले लामो समय काम गरिन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected