टेक्सस-नेपालले  गिनिज बुकमा आज  एक थप नया बिस्व रेकर्ड प्राप्त गरेको छ। “The Most backwards somersaults against on trampoline in one hour “ विधामा नेपाल् का दिनेश सुनार ले सो बिस्व रेकर्ड राखेका हुन। यो बिधाका लागि यो बिस्वकै पहिलो किर्तिमान हो जुन सर्ब प्रथम आज एक जना नेपाली ले प्राप्त गर्न सफल भएका छन्! 

अमेरिकामाको भर्जिनिया राज्यमा आयोजित सो रेकर्ड सम्बन्धि  कार्यक्रममा दिनेश ले एक घन्टामा ४६० पटक ब्य्याक फ्लिप हान्न सफल भयेका थिए।  गिनिज बुक ले सो विधाको लागी २०० ब्य्याक फ्लिप कायम गरेकोमा दिनेश ले सो मापदन्ड भन्दा बढी २६० पटक  ब्य्याक फ्लिपहासिल गर्न सफल भएका थिए । 

अमेरिकाको भर्जिनियामा ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि.द्वारा आयोजित  कार्यक्रममा  भ्रमण वर्ष  २०२०लाई लक्षित गरी नेपालको पार्कर खेल लाई विश्व सामु चिनाउने थप प्रयत्नका साथ  पार्कर खेलको अर्को “The most backwards somersaults against on trampoline in one hours” विधामा दिनेश सुनार ले चौथो विश्व किर्तिमान  राखेका हुन । 

गिनिज बुककाे रेकर्डमा भने दिनेश को यो चौथो किर्तिमान हो । बिस्व किर्तिमानी दिनेश ले छोटो कुरा गर्दै अमेरिकामा आएर पनि देशको लागी थप किर्तिमान राख्न पाउदा खुशीको सिमा नरहेको बताएका छन ।  ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लिका मनोज पान्थी ले यो किर्तिमान बाट नेपालमा जिम्नास्टिक खेलकूदको बिकासका लागी आफुलाई थप हौशला मिलेको बताउनु भएको छ ! 

सो  कार्यक्रम हेर्न अमेरिका को    भर्जिनिया, मेरिल्यान्ड र वासिगटन डिसी राज्य बाट कैयौ नेपाली र अमेरिकि खेल प्रेमी महानुभाब हरु को उल्लेख्य सहभागिता थियो । 

साथै यो किर्तिमानको प्रमाणपत्र आउनलाई  साता दिन लाग्नेछ  । प्रमाण पत्रआएपछी डिसी क्षेत्रमा कार्यक्रम गरी सम्मान पत्र हस्तांतरण गरिने  आयाेजकले जनाएकाे छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected