अमेरिकाले बढायो पश्चिम एशियामा सैन्य सर्तकता

टेक्सस–इरानका सैन्य कमाण्डर कासिम सुलेमानी हवाई हमलामा मारिएपछि पश्चिम एशियामा संकट बढेर गएको छ ।
अमेरिकासंग सुलेमानीको हत्याको बदला लिने भन्दै इरानले धम्की दिन थालेपछि संकटले उग्र रुप लिदै गएको हो ।
इरानको धम्की संगै सबै सुरक्षा स्थितिलाई ध्यानमा राख्दै इराक तथा सिरियामा रहेका अमेरिकी सैनिक संभावित आक्रमणलाई ध्यानमा राखेर तयारीमा रहेका छन् । पश्चिम–एशिया क्षेत्रमा सुरक्षा, सरसम्मान र अमेरिकी सेनाको संख्या पनि बढाइएको छ ।
अमेरिकाको रक्षा विभाग पेन्टागनले इरानबाट आएको बारम्बार धम्कीलाई ध्यानमा राखेर सैनिक क्याम्पहरुका लागी थप सैनिक बल पठाउदैछ । यसका लागी पेन्टागनले ४ हजार ५ सय अतिरिक्त सैनिक ति क्षेत्रमा तैनाथका लागी आदेश दिइसकेको छ । यसरी पठाइन लागेको सैनिक बलले अमेरिकी सेन्य क्याम्पमा संभावित हमलालाई मध्यनजर राखेर जवाफी कार्वाहीलाई पठाउन लागेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
अमेरिकी सेनाका एक वरिष्ठ अधिकारीका अनुसार नर्थ क्याारोलिना स्थित सैनिक डिभिजनबाट ४ हजार सैनिक कुवेत पठाउने तयारी भएको छ ।
यसरी पश्चिम एशिया क्षेत्रमा पठाउन लागिएको अमेरिकी सैनिकले सुरक्षालाई ध्यानमा राखेर मोवाइबल फोन संगै लानबाट रोक लगाइएको छ ।
अमेरिकी सेना खाडीमा कहा कति
अमेरिकाले पश्चिम एशिया क्षेत्रमा सैनिक क्याम्प खडा गरेर हजारौ सैनिक तैनाथ गरेको छ । अमेरिकी सामाचार एजेन्सीका अनुसार इराकमा ५ हजार ५ सय सिरियामा ६ सय अमेरिकी सैनिक तैनाथ छन् । त्यस्तै अन्य खाडी मुलुकमा अहिले सम्म ४५ देखि ६५ हजार अमेरिकी सैनिक तैनाथ रहेको अधिकारीहरुले बताएका छन् । पेन्टागनले इरानसंग तनाव बढदै गएपछि गत मे महिनामा फारसको खाडी इलाकामा १४ हजार अतिरिक्त सैनिक तैनाथ गरेको थियो । समुन्द्र गस्ती विमान, अर्लि वार्निङ एयरक्रयाफ्ट तथा बम वर्षक देखि रिपर ड्रोन ति क्षेत्रमा रहेका छन् ।
तस्वीर एजेन्सी