न्युयाेर्कमा ट्रकले ठक्कर दिदा दस वर्षिय नेपाली बालककाे दुख्द निधन

अमेरिकाको न्युयोर्क स्थित क्विन्समा ट्रकको ठक्करबाट एक दस वर्षिय नेपाली बालको दुख्द निधन भएको छ ।
आमा संगै पैदल विद्यालय जाने क्रममा ट्रकले ठक्कर दिएपछि बालकको ज्यान गएको हो । घटनामा आमा गंभीर घाइते भएकी छिन् ।
न्युयोर्क फक्स फाइभ समाचारका अनुसार घटना मंगलबार बिहान सात बजेको समयमा भएको थियो । ४० वर्षिय ट्रक चालकले सवारी दाया मोडने क्रममा ट्रकको पांग्राले आमा छोरालाई खिचेको थियो । घटना लगत्तै दुवैलाई अस्पताल पु¥र्याएकोमा दस वर्षीय बालकको केही समय पछि नै मृत्यु भएको थियो । आमाको अस्पतामाल उपचार भइरहेको छ ।
प्रहरीले अहिले दुर्घटनास्थल भएको सडकलाई बन्द गरेर अनुसन्धान गरिरहेको छ । घटनामा पर्ने क्विन्स क्षेत्रमा बस्दा आएका बुटवलका पुरुषाेत्तम पन्थीकाे परिवार रहेकाे बताईन्छ । घटनाकाे बिस्तरीत विवरण आएकाे छैन ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...