अमेरिकाले पाकिस्तानी चरमपन्थी मसुद अजहर आतंककारी घोषित गरेको छ । उसलाई पक्राउ वा सुचना दिनेलाई ५० लाख अमेरिकी डलर पुरस्कार समेत घोषणा गरेको छ ।
उनी पाकिस्तानकी पुर्व प्रधानमन्त्री बेनजीर भुट्टँेको हत्या तथा मलाला युसुफजाई माथी आक्रमणको मुख्य आरोपी समेत हुन । उनी ए तालिवान पाकिस्तानका प्रमुख हुन । २००७ मा बनाएको उनको आतंककारी संगठनले थुप्रै आतंककारी हमला गरेको छ । उनको पुरा नाम मुफ्त नुर वली मेहसुद हो । उनले २००२ मा अमेरिकी पत्रकार डैनियल पर्लको टाउको छेदन गरेर हत्या गरेको आरोप छ । त्यस्तै न्युयोर्कमा एक यहुदी मन्दिरमा आक्रमण गरेको तथा अमेरिकी सैनिक विमानमा मिसाइल चलाउन षडयन्त्र रचेको लगायतका आरोपहरु छन् ।
२०१८ मा मुल्ला फजलुल्लाहको मुत्यु पछि उनले तालिवान पाकिस्तानको कमान्ड समालेका हुन । सन् २०१४ मा बजीरिस्थानमा उनलाई लक्षित गरी ड्रँेन हमला भएको थियो । उनलाई मार्नका लागी गरिएको हमलामा उनका आठ सहयोगी मारिएका थिए । उनी अहिले कहा“ लुकेर बसेका छन् कुनै सुरक्षा एजेन्सी संग सुचना छैन ।
तर केही सुचना एजेन्सीले उनी अफगानिस्तानमा लुकेर बसेको हुन सक्ने बताइएको छ । उनको अलकायदा, इस्लामिक मुवमेंट अफ उजबेकिस्तान, चेचेन इस्लामिक लगायतका कट्टरापन्थी संगठनसंग उनको नजिकको सम्बन्ध रहेको छ । मोस्ट वान्टेड यी आतंकारी घोषित उनी सरकारी स्कुलका प्रधानध्यापक पिताका छोरा हुन ।
( एजेन्सीको सहयोगमा
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...