टेक्सस– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रलाई संबोधन गदै इरानको मिसाइल हमलाले अमेरिकीलाई कुनै नोक्सान नपुगेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले बुधबार बिहान इरानले इराकमा तैनाथ अमेरिकी सैनिक शिविर आसपासमा मिसाइल हमला गरेपछि राष्ट्रको नाममा संबोधन गदै आश्वस्त पारेका हुन । उनले यसो भने पनि इरानले गरेको प्रतिशोधात्मक आक्रमणले इरानसग तनाव बढने संकेत दिएका छन् ।
प्रारम्भिक चेतना प्रणालीका कारणले धनजनको क्षति हुबाट जोगियो उनले बताएका छन् । इरानी हमलामा कुनै अमेरिकी तथा इराकीको ज्यान गएको छैन उनले केही हडबड स्वरमा भने– ‘सावधानी अपनाएको कारण शक्ति बिस्तार गर्न र हाम्रो पुर्व प्रारम्भिक चेतना प्रैणालीले ठुलो काम गरेको छ ।’
उनले मिसाइल आक्रमणपछि इरानलाई थप प्रतिबन्ध लगाउने धम्की समेत दिएका छन् । उनले इरानले चलाएको ब्यालिष्टिक मिसाइल आक्रमणबाट कुनै क्षति नपुगेको बारेमा अमेरिकी जनतालई जानकारी गराउन पाउदा खुशी लागेको बताए । उनले सयुक्त राज्य अमेरिका सबैले खोजेको शान्तिको बाटोमा जान सधै तयार रहेको समेत बताएका थिए ।
उनले भने– संयुक्त राज्यले इरानी शासनमा थप दण्डित आर्थिक प्रतिबन्ध लगाउनेछ’ ट्रम्पले भने–इरानी मिसाइलको हडताललाई जवाफ दिन अन्य विकल्पहरुको समिक्षा गरिरहेका छौ ।’
इरानले इराकको इरबील र अल असद शहरको दुई ठाउ“मा मिसाइल आक्रमण गरेको थियो । यी दुवै क्षेत्रमा अमेरिकन सैनिकको क्याम्प रहेको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...