टेक्सस– इरान संगको तनावपछि अमेरिकाले एफ ३५ ए लडाकु विमान प्रदर्शन गरेर विश्वको ध्यान खिचेको छ ।
अमेरिकासंग थुप्रै लडाकु विमान भएपनि यो प्रदर्शन गरेर विश्वलाई चकीत पा¥दै शक्ति देखाएको छ ।
एफ ३५ ए लडाकु विमान यो सिंगल इन्जिन विमान हो । अमेरिकन कम्पनी ला“कहिड मार्टिनले बनाएको यो सिंगल सिट भएको लडाकु विमान हो । यो विमान जुनसुकै मौसममा पनि उडान भर्न सक्छ । यो यसरी निर्माण गरिएको छ कि यसले अन्डरग्राउण्ड आक्रमण देखि हवाईमा पनि शत्रुलाई उडाउन सक्छ ।


यो लडाकु विमानको तीन फरक फरक मोडलमा निर्माण गरिएको छ । यो विमानको मुख्य विशेषता भनेको दुस्मनको राडरमा समेत देखिदैन । यो विमानमा मेसिनगन संगै हावा देखि जमीन सम्म आक्रमण गर्न सक्ने मिसाइल जडीत छ । यो विमान १९३० किलोमिटर प्रतिघण्टाको रफतारमा उडन सक्छ । यसरी बनाइएको यो लडाकु विमानको मुल्य अन्दाजी ३१ करोड रुपैया भएको बताइन्छ । यो विमानले ९ सय १० किलो बम बोकेर हिडन सक्ने भएकाले शत्रुलाई खतम पार्न सक्ने क्षमता छ ।
यो अमेरिकाको सबै भन्दा महगो योजनाको रुपमा रहेको छ । सन् २०१३ तथा २०१४ मा यो योजनालाई लिएर अमेरिका सरकार माथि प्रश्न समेत उठदै आएको थियो ।


यो लडाकु विमानले १५ डिसेम्बर २०१६ मा पहिलो उडान भरेको थियो । अमेरिकाले २०१९मा यो विमानलाई आफना नौ सेनामा समेत सामेल गराएको थियो । मध्यपुर्वमा अमेरिकाले १५ अप्रिल २०१९ मा पहिलो पटक युएइको अल दाफरा एयरबसमा यो लडाकु विमानलाई तैनाथ गरेको थियो । उत्तरी इराकमा पहिलो पटक आइएस आतंककारी समुहमाथी हमालमा यो विमान प्रयोग भएको थियो ।

तस्वीर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected