टेक्सस– इरानले मिसाइल आक्रमणले युक्रेनको यात्रु बहाक जहाज खसालिएको अमेरिकी आरोपलाई अस्वीकार गरेको छ ।
इरानको नागरिक उडडयन प्राधिकरणले मिसाइलको कारण दुर्घटना नभएको भन्दै अस्वीकार गरेको हो ।
पश्चिमा धेरै मुलुकहरुले जमीनबाट हवाई हमाला गर्ने मिसाइलबाट विमान खसेको बताउदै आएका छन् । यसलाई उनिहरुले गल्तीबस यस्तो भएको समेत भनेका छन् ।
हालै सार्वजनिक भएको नया भिडियोले समेत तेहरानको आकाशमा उडेको जहाजमा केही चीज ठोकिएर खसेको जस्तो देखिन्छ ।
अमेरिकाको जंगी विमानको आंशकामा इरानले भुलबस यो जहाजमा मिसाइल हमला गरेर खसेको हुन सक्ने बताएको थियो ।
गत बुधबार भएको युक्रेन विमान तेहरान विमानस्थलबाट उडान भरेको केही समयमा नै दुर्घटनाग्रस्त भएको थियो । विमानमा सवार १७६ यात्रु र चालक दलका सबै सदस्यको ज्यान गएको थियो ।
विमान दुर्घटनामा क्यानडाका ६३, इरानका ८२ र युक्रेनका ११ जना यात्रु मारिएका थिए । विमानमा अफगानिस्तान, जर्मन, स्वीडेन बेलायत लगायतका मुलुकमा यात्रु समेत रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । (एजेन्सीकाे सहयाेगमा)
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...