टेक्सस– तेहरानका विमानस्थलबाट उडान भर्ने वितिक्कै दुर्घटनाग्रस्त युक्रेन विमान इरानले खसालेको स्वीकार गरेको छ ।
इरानको सेनाले भुलवंश युक्रेनी विमान खसालेको शनिवार स्वीकार गरेको छ । इरानी सरकारी टेलिभिजनका अनुसार भुलवश विमान खसालिएको स्वीकार गरेको हो ।
इरानले सरकारी टेलिभिजन मार्फत सेनाले विमान खसालेको स्वीकार गदै त्यसमा संलग्नलाई कार्वाही समेत गर्ने जनाएको छ ।
दुर्घटनामा क्यानडा इरान लगायत विभिन्न देशका गरी १७६ यात्रुको मुत्यु भएको थियो । इरानका राष्ट्रपति हसन रुहानीले पनि सेनाको त्रुटीका कारण विमान दुर्घटना भएको भन्दै ट्वीट गरेका छन् । उनले यसलाई गंभीर त्रुटी भन्दै घटनाको बारेमा अनुसन्धान भइरहेको र यसमा संलग्नलाई कार्वाही गरिने समेत जनाएको छ । घटनामा निर्दोष व्यक्तिहरुको ज्यान गएकोमा दुख व्यक्त गरेका छन् । यस अघि अमेरिकाले इरानले नै मिसाइल आक्रमण गरी जहाज खसालेको दाबी गरेको थियो । अमेरिकाको यो दाबीलाई अस्वीकार गदै आएको इरानले अन्नत भुलवश भएको त्रुटी भन्दै जहाज खसालेको स्वीकार गरेको छ । पश्चिमा मुलुकहरुले समेत इरानी मिसाइल आक्रमणबाट जहान खसको संकेत दिएका थिए । तर इरानले अस्वीकार गरेको थियो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...