‘सुलेमानीको चार अमेरिकी दुताबासमा हमला गर्ने योजना थियो’–अमेरिकी राष्ट्रपति ट्रम्प
टेक्सस–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो साता मारिएका इरानी जनरल कासिम सुलेमानीले चार वटा अमेरिकन दुताबास माथि हमला गर्ने योजना बनाएको खुलासा गरेका छन् ।
राष्टपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकन न्युज च्यानल फक्स न्युजको एक साक्षात्कार कार्यक्रममा यस्तो खुलासा गरेका हुन । उनले भने– ‘मलाई लागेको थियो– यस्तो हमला बगदादको दुताबासमा हुने वाला थियो ।
उनले कुनै पनि तर्फबाट अमेरिकालाई नोक्सान नपुगोस भनेर सुलेमानीको हत्याको जोखिम मोल्नु परेको बताएका छन् । इरानको हमलाबाट कोही पनि अमेरिकीको नोक्सान नपुगोस भने र सुलेमानी हत्याको जोखिम मोल्नु परेको ट्रम्पले फक्स न्युजको साक्षात्कार कार्यक्तममा बताएका छन् ।
जनरल सुलेमानीलाई कुर आतंकारी बताउदै ट्रम्पले इरानले अघिल्लो रात गरेको आक्रमणले कुनै पनि अमेरिकनहरुलाई नोक्सानी नपुगेको बताए । उनले इरानलाई कहिल्यै पनि परमाणु हतियार प्राप्त गर्न नदिने जिकीर गरे ।
ट्रम्पले भने– जब सम्म म अमेरिकाको राष्ट्रपति रहन्छु, तब सम्म इरानलाई कुनै पनि हालतमा इरानलाई परमाणु हतियार हासिल गर्न दिने छैन ।
उनले टेलिभिजन मार्फत सन्देश दिदै अमेरिका ति सबैका साथ शान्तिका लागी तयार छ जसले शान्ति चाहिरहेको बताए ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...