नेपाल बुझ्दै नेपाली भाषा पाठशालामा

अग्रेजी माध्यमको पढाईले नेपाली भाषा तथा संस्कृति बिर्सने चिन्तालाई न्युनिकरण गर्न नेपाली समाज टेक्ससले नेपाल भाषा पाठशाला संचालनमा ल्याएको छ ।आइतबार एक कार्यक्रमका बीच पाठशालाको उदघाटन गरिएको हो । पाठशालामा बालबालिकालाई निशुल्क पठनपाठनको व्यवस्था गरिएको छ ।
अमेरिकाको टेक्सस स्थित ड्यालसको अर्भिङम्ँँ नेपाली बाबा आमाले नेपाली भाषा पाठशालामा पढ्न पठाएका छन् ।
यतिबेला अमेरिकामा बसोबास गर्ने नेपाली बालबालिकाहरु नेपाली भाषा र सस्कृति सिक्न लागी नै लागी परेका छन् ।यतै जन्मेका र नेपालबाट सानै उमेरमा अमेरिका आएका बालबालिकाले नेपाली भाषा बोल्न र लेख्न छाड्दै गएपछि समाजले केही वर्ष देखि नियमित रुपमा नेपाली भाषा पाठशाला संचालन गरेको हो । ‘विदेशमा रहेर पनि नेपाली भाषा र संस्कृतिलाई बिर्सन नदिन सानैदेखि बालबालिकालाई लक्षित गरि भाषा पाठशाला संचालन गरेका हौ’ समाजका अध्यक्ष सुमन थापाले भने–‘पाठशालाले नेपाली समुदायका बालबालिकालाई सघाउ पु¥याउने अपेक्षा राखेका छौ ।’पाठशालामा भाषा र संस्कृति सिक्न आउने बालबालिकाहरु अधिकांश यतै जन्मेका र सानैमा अभिभावकसंग अमेरिका प्रवेश गरेकाहरु नै अधिक छन । उनिहरुले राम्रो संग नेपाली भाषा बोल्न सक्दैनन् । झन्डै चार महिनाको यो कक्षामा बालबालिकाले नेपाली भाषा व्याकरण, गणित, वर्णमाला देखि नैतिक शिक्षा र अतिरिक्त कृयाकलापमा नेपाली सांस्कृतिक नृत्य र संस्कृति सिकाईने गरेको छ । नेपाली पर्यटन तथा जानकारीमुलक वृत्तचित्र समेत बालबालिकालाई देखाईने गरिएको छ । नेपाली चार्डपर्व, नेपाली खाना देखि संस्कार पनि पाठशालामा सिकाईदैछ । नेपाल संस्कार र संस्कृतिलाई थप परिचित गराउन पनि मन्दिर परिसरको सभाहलभित्र पाठशाला संचालन हुदै आएको छ ।
विद्यालयमा अंग्रेजी माध्यमको पढाईसंगै अंग्रेजी मात्रै बोलिने भएकाले नेपाली भाषा बिर्सदै गएको चिन्ता अभिभावकमा छ । पाठशालाले धेरैलाई उत्साही बनाएको छ । ‘नेपाली पाठशालाले राहतको अनुभव दिएको छ’ अभिभावक गोविन्द पौडेलले भने–‘यसले नेपाली भाषा र संस्कृति संरक्षणका लागी पनि सहयोग पु¥याउनेछ ।’
नेपाली भाषा र सस्कृतिलाई नया पुस्तासम्म जीवित राख्न थालिएको यो अभियानमा नेपाली अभिभावले आफना बालबालिकालाई पाठशालामा पठाएका छन् । पाठशालामा १५० जना ड्यालस तथा फोर्थ ओर्थ क्षेत्रमा बस्ने नेपाली बालबालिकाहरु सहभागी रहेको नेपाली समाज टेक्ससका महासचिव भक्त भन्डारीले जानकारी दिए । उनका अनुसार प्राविधिक शिक्षा एआई, समाजिक तथा नेपाली, गणित लगायतका कक्षाहरु रहेका छन् ।
अमेरिकाको टेक्सास राज्यमा नेपाली समाज टेक्सासले झन्डै १६ वर्षदेखि नेपाली बालबालिकालाई लक्षित गरि डालस सहरको अर्भिङमा नेपाली भाषा पाठशाला संचालन गदै आएको छ । यो अमेरिकाको पहिलो नेपाली भाषा पढाउने स्कूलको रुपमा समेत चिनिदै आएको छ । पाठशालामा ५ देखि १३ वर्ष उमेरका बालबालिकालाई स्वयंसेवकको रुपमा नेपाली शिक्षकहरुले पढाउछन् ।
पछिल्लो क्रममा अमेरिकाका विभिन्न राज्यहरुमा नेपालीहरुको बसोबास बाक्लिदै गइरहेको बेला दोस्रो पुस्ताले नेपाली भाषा बोल्न र लेख्न समेत बिर्सदै गएका छन् । यसैलाई सहयोग पु¥याउन अमेरिकाका नेपाली बसोबास गर्ने राज्यहरुमा भाषा पाठशाला कक्षा संचालन हुदै आएको छ ।