टेक्सस– अमेरिकाको दक्षिणपुर्व र मध्यपश्चिम क्षेत्रमा हिउँआँधी  र हावाहुरीले विभिन्न राज्यमा गरेर शनिवार ९ जनाको ज्यान गएको छ ।

विदेशी समाचार एजेन्सीका अनुसार टेक्सस राज्यामा दुई जना, लुजियाना र अलाबामा गरी तीन जनाको मुत्यु भएको छ । त्यस्तै अन्य राज्यमा सर्वसाधारणको ज्यान गएको समाचार छ । अमेरिकाको एरोजोना, ओक्लोहमा मिजौरी , क्यान्सास लगायतका राज्यहरुमा हिउँ आधी तथा हुरीले प्रभावित भएका छन् ।


शुक्रबार देखिको प्रतिकुल मौसमले अमेरिकामा विभिन्न राज्यामा बाक्लो हिउ परेर सवारी दुर्घटनाले पनि कतिपयकाे ज्यान गएको संचारमाध्यमहरुले जनाएका छन् ।
आँधी तथा तुफानबाट बच्न अमेरिकी सरकारले सर्वसाधारणलाई सचेत हुन समेत आग्रह गरेको छ ।

 

तस्वीर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected