ट्रम्प प्रशासनले थप मुस्लिम देशलाई अमेरिकी यात्रामा प्रतिबन्ध लगाउने संकेत

टेक्सस– ट्रम्प प्रशासनले फेरी अमेरिकामा यात्रामा प्रतिवन्ध लगाउने देशको सुची बारेमा चर्चा परिचर्चा थालेको छ ।
यो बारेमा तयार भएको दस्तावेजका आधारमा वाइट हाउसमा चर्चा भएको समाचार स्रोतले जनाएको हो । प्रतिवन्ध लगाउने देशेको सुचीलाई अन्तिम रुप दिने तयारीमा समेत ट्रम्प प्रशासन जुटीरहेको छ ।
यसरी अमेरिका यात्रामा प्रतिबन्ध लगाउने सुचीले मुस्लिम देश प्रभावित हुने जानकारी आएको छ । वाइट हाउसका प्रवक्ता होगन गिडले यो प्रस्तावलाई पुष्टि नगरेपनि मुलुकको सुरक्षाका लागी यात्रामा प्रतिबन्ध लगाउने तर्फ भने संकेत गरेका छन् ।
राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेको केही दिन पछि नै २०१७ जनवरी २७ मा कार्यकारी आदेश जारी गदै सिरिया, यमन, सोमालिया, इरान, लिबिया र सुडान गरी ६ मुस्लिम देशलाई अमेरिका आगमनमा प्रतिबन्ध लगाएका थिए । यसको सर्वत्र विरोध भएको थियो । पछि यो सुचीमा समय समयमा परिवर्तन भएको थियो । अहिले पनि इरान, लिबिया, सोमालिया, सिरिया, भेनजुवला, यमन र उत्तरकोरिया प्रतिबन्ध यथावत छ ।
तर अब प्रतिबन्ध लगाउने बाकी नया देशको बारेमा भने आधिकारिकता बाहिर आएको छैन । समाचार स्रोतका अनुसार अब लगाइने प्रतिबन्ध पनि मुस्लिम देश नै हुने बताइएको छ ।
सन् २०१८ मा अमेरिकी उच्च अदालतले मुस्लिम बहुल देशलाई राष्ट्रति ट्रम्पले लगाएको प्रतिबन्धलाई जायज भन्दै फैसला गरेको थियो । (एजेन्सी सहयाेगमा)
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...