न्युयोर्क– सबैका आँखा रसाएका थिए । धेरैको मन थामिएन । सबैको रुवाबासी चल्यो ।
झोला भरी किताब कापी बोकेर आँखा मिच्दै सखारै कत्रो सपना बोकेर स्कुल हिडेका थिए दस वर्षिय श्रीजल पन्थी । उनी परिवारसंग न्युयोर्कको क्वीन्समा बस्दै आएका थिए । तर के थाहा त्यो स्कुल जाने दिन नै उनका लागी दैवले अन्तिम दिन बनाइदिएछ ।
आमासंगै बाटो काट्ने क्रममा फोहोर बोक्ने ट्रकले ठक्कर दिएर श्रीजलको अकालमै ज्यान लियो ।
फोहोर बोक्ने ट्रकको ठक्करबाट मुत्यु भएका दस वर्षीय बालक पन्थीको अन्तेष्टिम शनिवार न्युयोर्कबासी नेपालीहरुको भावबिह्वल भए । फ्रेस पाउण्ड सिमेट्रीमा गरिएको उनको अन्तेष्टिमा नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो । उनको शब यात्रा र अन्तेष्टि शोकमा डुबेको थियो ।
आफन्तलाई समालिन झनै मुस्किल भएको थियो । आखिर समालिनु पनि कसरी । आफनो मुटुको टुक्रा अकालमा गुमाउनु पर्दाको पीडा सायदै परिवारलाई मात्र महसुस हुन्छ ।
कलकलाउदो उमेरमै श्रीजलले अनाहमा ज्यान गुमाउनु प¥यो । पा“च दिन सात बजे आमा मिना पन्थीसंगै स्कुल हिडेका श्रीजलाई क्वीन्समा फोहोर बोक्ने ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिएपछि अस्पताल पु¥याएका पन्थीको मुत्यु भएको थियो ।
घाइते आमा मिना पन्थीको उपचार भइरहेको छ । बाटो काटने क्रममा ट्रकले आमा छोरालाई ठक्कर दिएको थियो ।
न्युयोर्कको नेपाली समुदायमा समाजसेवीको छवि बनाएका पुरुषोत्तम पन्थीका कान्छा छोरा श्रीजलको निधनले यतिबेला परिवार मात्र नभई नेपाली समाज अमेरिका नै स्तब्ध बनेको छ ।
उनको निधनमा विभिन्न संघ संस्थाका व्यक्तिहरुले सामाजिक संजाल मार्फत श्रद्धान्जली व्यक्त गदै परिवारजनमा दुख व्यक्त गरेका छन् । बालक श्रीजलको निधनमा युएस नेपाल पोष्ट परिवार पनि हार्दिक श्रदान्जली व्यक्त गदै परिवारमा धैर्य धारण गर्ने क्षमता प्रदान होस भन्दै भगवानसंग पुकार गर्दछौ ।

तस्विर जानुका बस्तीको फेसबुकबाट

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected