टेक्सस– भारतले नेपालीको सिमा आफनो नक्सामा समेटेपछि संसारभरका नेपालीहरु यसको बिरोधमा एकत्रित भएका छन् ।
लिपुलेक, कालापानी, लिम्पियाधाराको भुभी फिर्ता गर्न माग गदै नेपालमा मात्र हैन विदेशमा पनि विरोध सभाहरु हुदै आएको छ ।
हालै मात्र अमेरिकामा रहेका नेपालीहरुले अमेरिकाको राजधानी बासिङटन डिसीको वाइट हाउस अगाडी भारत विरुद्ध चर्को नारा लगाउदै विरोधसभा गरेका थिए ।
यसै कार्यलाई निरन्तरता दिदै अमेरिकामा रहेका नेपालीहरुले आउदो सोमबार जनवरी १३ मा न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालय अगाडी विशाल बिरोध ¥याली आयोजना गदैछन् । राष्ट्रसघको मुख्यालय अगाडीको राल्फ पार्कमा भेला भएर विभिन्न प्लेकार्ड र तुल बोकेर ¥यालीमा सहभागी भएर विरोध कार्यक्रम गर्ने जनाइएको छ ।
बिरोध ¥यालीपछि राष्ट्रसंघका उच्च पदस्थ अधिकारीलाई नेपाल भारत सिमा विवादको विषयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत रहेको छ ।
कार्यक्रममा फरक फरक विद्यामा गीत कविता लगायत भारतले नेपाली सिमो मिचेको विषयका सृजनाहरु समेत पस्किने कार्यक्रम रहेको जनाइएको छ । जन्मभुमीको जमीनका लागी सबै बोलौ भन्ने अभियान सहित यो कार्यक्रम हुन लागेको हो । नेपालीमाथि भारतले अन्याय गरेको सन्देश प्रवाह गर्न हजारौ नेपालीहरु मुख्यालय अघि उर्तिदैछन् ।
यो कार्यक्रम संचारकर्मि प्रेम बानिया तथा अनिल अधिकारीकाे  पहलमा आयोजना भएको हो । कार्यक्रममा सिमाविद बद्रीनारायण श्रेष्ठ देखि कलाकार रामप्रसाद खनाल लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले नेपाली भुमीको विषयमा आफनो गला र कला समेत प्रस्तुत गर्नेछन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected