टेक्सस– इरानले युक्रेनी बिमान खसालेको स्वीकार गरेपछि त्यहाँ सरकारी विरोध प्रदर्शन चर्किएर गएको छ ।
इरानमा चर्किएको सरकार विरुद्धको प्रर्दशनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँका जनताको समर्थन गरेका छन् ।
यसैबीच ट्रम्पले विरोध प्रदर्शनका क्रममा कुनै पनि नरसंहार नगर्न इरानी सकारलाई चेतावनी दिएका छन् ।
उनले इरानी प्रदर्शनको बारेमा आफुले निगरानी गरिरहेको समेत प्रष्टाएका छन् । ट्रम्पले ट्वीट गदै भनेका छन्–मानवअधिकारवादी संगठनहरुले इरानी जनताको विरोध प्रर्दशनको अनुगमन गर्न इरानी सरकारले अनुमति दिनुपर्ने उल्लेख गरेका छन् ।
उनले शािन्तपुर्ण प्रदर्शनमा बिगतमा जस्तै हत्या र इन्टरनेट बन्द गर्ने दृश्साहस हुन नहुने समेत इरानी सरकारलाई चुनौती दिएका छन् । उनले यो सबै विश्वले नै हेरिरहको बताएका छन् ।
शनिवार मात्रै इरानले भुलवश छाडिएको मिसाइलले युक्रेन विमान दुर्घटना हुन पुगेको भन्दै माफी मागेको थियो । विमानमा १७६ जना सवार सबैको मृत्यु भएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected