टेक्सस– नेपाली समाज टेक्ससको २०२०– २०२२ को नया कार्यसमितिको आईतबार नेपाली मन्दिरमा आैपचारिक  रुपमा पदभार ग्रहण गराइएको छ ।
समाजको पुरानो समितिलाई विदाई गदै निर्वाचन कमिटीले पद तथा सपथ ग्रहण गराएको हो ।
निर्वाचन कमिटकी डा प्रेम अधिकारी, बैकुण्ठ विक्रम थापा, महेन्द्र पौडेल ले सपथग्रहण गराएका हुन ।
समाजको नया कार्यसमितिको अध्यक्ष दिनेश शर्मा , वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बाग्ले, उपमहासचिवमा नारायण खड्का, कोषाध्यक्ष मधुर खरेल, तथा सहकोषाध्यक्षमा विवेक कडेल छन् ।
यस्तै समितिको सदस्यहरुमा विकास उप्रेती, दिनेश न्यौपाने, पशुपति तिमिल्सना, किरण पौडेल,  राजुप्रसाद नेपाल र युधिष्ठर नेपाल रहेका छन् ।


नया समितिको सपथ संगै सुमन थापा अध्यक्ष रहेको अघिल्लो समितिलाई पनि औपचारिक रुपमा विदाई गरिएको छ ।
विदाई कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष सुमन थापाले आफनो दुई वर्षे कार्यकालमा समितिले उल्लेख्य काम गरेको बताए ।’ म आउदा समितिको खातामा संचित  रकम नकारात्मक थियो’ उनले भने– ‘समितिले यसलाई उकास्न ठुलो भुमिका खेलेकै कारण कोष रकम वृद्धि भएको छ ।’
उनले नया कार्यकालका लागी सहमति र सहकार्यका कारण निर्वाचन समेत नहुनुले एकताको सन्देश दिएको बताए ।
कार्यक्रममा निर्वतमान महासचिव भक्त भण्डारीले दुई वर्षे कार्यकालमा गरिएको कामको समिक्षा गरेका थिए । त्यस्तै सचिव डा परशुराम दाहाल, कोषाध्यष्क्ष अमित शर्मा , प्रयास बाँस्तोला लगायतले पनि आफनो धारणा राखेका थिए ।

सपथ ग्रहणपछि बोल्दै नव निर्विरोध निर्वाचित अध्यक्ष दिनेश शर्माले भावी कामको बारेमा जानकारी दिएका थिए । उनले नेपाली पाठशालालाई व्यवस्थीत गर्ने देखि नेपालबाट भर्खर आउने नेपाली समुदायलाई दोस्रो भाषा अग्रेजीका कारण समस्या हुने भएकाले अंग्रेजी भाषा कक्षा संचालन देखि नेपालको विपतिमा सहयोग गर्न ‘हेल्प टु नेपाल’ अभियानलाई युद्धस्तरमा अघि बढाउने बताए ।
यसै बीच नया कार्यसमितिले महासचिवमा भानु खरेल, आइटी संयोजकमा प्रयास बास्तोला र महिला संयोजकमा निर्मला राईलाई मनोनयन गरेको छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected