टेक्सस–टेक्ससको ड्यालसमा पनि आईतबार २९८ औं पृथ्वीज्यन्ति तथा रष्ट्रिय एकता दिवस राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको सम्झना गरि मनाइएको छ ।

पृथ्वीनारायण शाह स्मृति तथा सांस्कृतिक प्रतिष्ठान टेक्सस अमेरिकाले अर्भिङको नेपाली मन्दिरमा एक कार्यक्रम गरि मनाएको हो । कार्यक्रममा संस्थाको आधिकारिक बेभसाइटको समेत शुभराम्भ गरिएको थियो । वेभसाइटको डिजाइनर विजयराज भट्टराईले संस्थाको आधिकारिक वेभसाइटको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमा एनआरएनए अमेरिकाका वरिष्ट उपाध्यक्ष अर्जुन बन्जाडेले पृथ्वीनारायण शाहको योगदानको चर्चा गदै इतिहासलाई कसैले बिर्सन नहुने बताए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद पाण्डेले पृथ्वीनारायण शाहको योगदानको चर्चा गदै नेपालको एकीकरणमा उनले खेलेको भुमिकाको प्रशंसा गरे ।
नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले पृथ्वीनारायण शाह नेपाल र नेपालीका लागी एउटा इतिहास भएको बताए ।
कार्यक्रममा समाजसेवी बासु भण्डारी, नेपाल सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेल, केन्द्रका बोर्ड अफ ट्रस्टीका अध्यक्ष विनय अर्याल, जनसम्पर्क समिति टेक्ससका अध्यक्ष ज्ञानेन्द्र कार्की, नेपाली समाज टेक्ससका पुर्व महासचिव भक्त भण्डारी, सचिव डा परशुराम दाहाल प्रतिष्ठानका सचिव प्रदीप तिमिल्सना लगायतले पृथ्वीनारायण शाहको योगदानको सम्झना गरेका थिए । कार्यक्रममा राधिका अर्यालले पृथ्वीनारायण शाहको योगदानका सम्झनामा कोरिएको कविता वाचन गरेकी थिइन
प्रतिष्ठानले हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मज्यन्तिमा यसरी नै कार्यक्रम गदै राष्ट्रिय एकता दिवसलाई स्मरण गदै आएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected