सरस्वती शर्मा (सरु )

विस्कन्सिन-नेपालको सुदुर र मध्यमश्चिमेली सास्कृतिक झल्को मेटाउन स्थापित गौरा समाज विस्कन्सिनले माघि पर्व मनाउने भएको छ ।

गौरा समाज बिस्कन्सिको आयोजना तथा एनआरएनए युएसए विस्कन्सिन च्याप्टरको सहआयोजनामा यहि जनवरी १८ मा मिलवाक्किमा एक बिशेष कार्यक्रमका साथ माघि मिलन कार्यक्रम गर्न लागिएको हो ।

बिशेष गरी तराई क्षेत्रमा मनाईने माघि पर्बलाई केन्द्रित गरी उक्त कार्यक्रमको आयोजना गरीएको गौरा समाजका सदस्य लक्ष्मण खड्काले जानकारी दिए ।

कार्यक्रममा माघिका बिशेषता सहित अन्य सास्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरीने जनाईएको छ ।

   अमेरीकामा रहेका सुदुर तथा मध्यपश्चिम तराईका बिभिन्न चाडपर्व, सस्कृतिलाई हामीले बिर्सदै गएको हो कि भन्ने आभाष भएकाले यस्को धार्मिक सास्कृतिक  बिशेषतालाई जोगाई राख्न स्थापित यो समाजले माघि मिलन कार्यक्रम भव्य रुपमा मनाउने योजना बनाएको खड्काले जानकारी दिए । बिदेशमा जन्मिएका र बस्दै आएका नेपाली बालबालिकालाई नेपालको सस्कार , सस्कृति पुस्तान्तरण गर्ने आफुहरुको मुख्य उद्धेश्य रहेको उनले बताए ।

। मिलवाक्किमा सुदुर र मध्यपश्चिमका १०० भन्दा बढि घरधुरी बसोबास गर्ने गरेका छन् । गौरा समाजका सँयोजक बासुदेव जोशिले नेपाली र नेपाली  परिवारका विच भाईचारा अभिबृद्धि गर्ने उद्देश्यले यो सँस्थाको परिकल्पना गरीएको जानकारी दिए ।

   मिडिया बाट समेत ओझेलमा परेका हिमाल, पहाड, तराईका बिभिन्न चाडपर्व तथा सस्कृतिलाई एकबद्ध गरी कार्यक्रम गदै आईरहेको यो गौरा समाजलाई यस कार्यक्रममा सहसँयोजकको रुपमा सहयोग गर्न पाउदा आफुहरुलाई खुशी लागेको एनआरएनए युएसए विस्कन्सिन च्याप्टरका अध्यक्ष  टुक रेग्मीले बताए ।

उक्त कार्यक्रममा नेपाली लोक पप गायक तिलक   बम मल्लकाे  प्रस्तुति रहनेछ ।

बासुदेव जोशि सँयोजक , सदस्यहरुमा लक्ष्मण  खड्का , शोभा शर्मा अधिकारी , राजु ओझा , लेखनाथ तिमिलसेना  रहनुभएको छ भने सल्लाहकारमा मुक्ति प्रसाद रेग्मी, हरि प्रसाद जोशी , बासुदेव अधिकारी , राजेश्वर निरौला  रहेका छन् ।˜

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected