टेक्सस– फेसबुकमा अमेरिकाका  प्रमुख स्थानमा बम खसाल्न इरानलाई सल्लाह दिने पोष्ट गरेको भन्दै भारती मुलका अमेरिकन प्रोफेसर अशीन फणसेलाई कलेजले बर्खास्त गरेको छ ।
उद्यमशिलता तथा व्यवसायिक शिक्षाका लागी प्रख्यात मानिने बाबसन कलेजका निर्देशक उनलाई बर्खास्त गरिएको हो । बोस्टनबाट २० किमी दुरीमा अवस्थित कलेजकै उनी कलेजको सस्टेनिबिलिटी संकायको निर्देशक थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो साता इरानले आक्रमण गरे अमेरिकाले उसको ५२ महत्वपुर्ण स्थानमा निशाना बनाउने चेतनावी दिएका थिए । उनले यसैको जवाफमा उनले इरानी सर्वोच्च नेतालाई पनि अमेरिकाको ५२ वटा स्थानको सुची बनाउनु पर्ने जहा“बाट उनसले बम खसाल्दै छ ।
उनले मिनिसोटाको माल आफ अमेरिका तथा चर्चित सेलिब्रेटी किम कादर्शियाको घरमा समेत बम खसाल्ने सल्लाह दिएका थिए ।
उनले आफनो सफायमा भने आफनो साथीहरुसंग ख्याल ठ्टा गरेको तर सबैले यसलाई गलत अर्थ लगाईएिको बताए । उनले यही पोस्टलाई माफी माग्दै ठट्टा भएको बताएका थिए ।
तर कलेजले भने फेसबुकमा उनको पोस्टले कलेजको मुल्य मान्यता र संस्कृतिको प्रतिनिधित्व नगर्ने बताएकाे छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected