अमेरिकामा बम खसाल्न इरानलाई सल्लाह दिने फेसबुक पोस्ट गर्ने प्रोफेसर बर्खास्त
टेक्सस– फेसबुकमा अमेरिकाका प्रमुख स्थानमा बम खसाल्न इरानलाई सल्लाह दिने पोष्ट गरेको भन्दै भारती मुलका अमेरिकन प्रोफेसर अशीन फणसेलाई कलेजले बर्खास्त गरेको छ ।
उद्यमशिलता तथा व्यवसायिक शिक्षाका लागी प्रख्यात मानिने बाबसन कलेजका निर्देशक उनलाई बर्खास्त गरिएको हो । बोस्टनबाट २० किमी दुरीमा अवस्थित कलेजकै उनी कलेजको सस्टेनिबिलिटी संकायको निर्देशक थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो साता इरानले आक्रमण गरे अमेरिकाले उसको ५२ महत्वपुर्ण स्थानमा निशाना बनाउने चेतनावी दिएका थिए । उनले यसैको जवाफमा उनले इरानी सर्वोच्च नेतालाई पनि अमेरिकाको ५२ वटा स्थानको सुची बनाउनु पर्ने जहा“बाट उनसले बम खसाल्दै छ ।
उनले मिनिसोटाको माल आफ अमेरिका तथा चर्चित सेलिब्रेटी किम कादर्शियाको घरमा समेत बम खसाल्ने सल्लाह दिएका थिए ।
उनले आफनो सफायमा भने आफनो साथीहरुसंग ख्याल ठ्टा गरेको तर सबैले यसलाई गलत अर्थ लगाईएिको बताए । उनले यही पोस्टलाई माफी माग्दै ठट्टा भएको बताएका थिए ।
तर कलेजले भने फेसबुकमा उनको पोस्टले कलेजको मुल्य मान्यता र संस्कृतिको प्रतिनिधित्व नगर्ने बताएकाे छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















