नेपाली भुमी मिचेको विरोधमा राष्ट्रसंघ मुख्यालयमा बुझाइयो ज्ञापनपत्र

न्युयाेर्क– भारतले नेपालीको सिमा आफनो नक्सामा समेटेपछि संसारभरका नेपालीहरु यसको बिरोधमा एकत्रित भएका छन् ।
लिपुलेक, कालापानी, लिम्पियाधाराको भुभी फिर्ता गर्न माग गदै नेपालमा मात्र हैन विदेशमा पनि विरोध सभाहरु हुदै आएको छ ।
न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालय अगाडी सोमबार बिरोधसभा सम्पन्न भएको छ । राष्ट्रसघको मुख्यालय अगाडीको राल्फ पार्कमा भेला भएर विभिन्न प्लेकार्ड र तुल बोकेर ¥यालीमा सहभागी भएर विरोध जनाए ।
बिरोध ¥यालीपछि राष्ट्रसंघका उच्च पदस्थ अधिकारीलाई नेपाल भारत सिमा विवादको विषयमा हस्ताक्षर संकलन गरेर ज्ञापनपत्र समेत बुक्राइएको थियो ।
कार्यक्रममा चर्चित गायिका सपना श्रीले यो नेपाली शिर उचाली बोलको गीतले सबैलाई जुरुक जुरुक बर्नाएको थियो ।
त्यस्तै लोक तथा दोहोरी गायक रामप्रसाद खनालले पनि राष्ट्रिय भावनाले ओतप्रोत गीत गाएका थिए । कार्यक्रममा कवि शकुन ज्ञवालीले नेपाली पन झल्कने कविता सुनाएकी थिइन ।
कार्यक्रममा सिमाविद् बद्रीनारायण श्रेष्ठ भारतले मिचेको सिमाको बारेमा प्रकाश पारेका थिए ।
जन्मभुमीको जमीनका लागी सबै बोलौ भन्ने अभियान सहित भएको कार्यक्रममा कार्यक्रम संयोजक प्रेम बानिया र अनिल अधिकारीले पनि बोलेका थिए ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...