टेक्सस– टेक्ससको विद्यालयमा मगलबार एक जना छात्रको गोली हानेर हत्या गरिएको छ । विधार्थीकाे नाम खुलेकाे छैन ।
हयुस्टन इडिपेन्डेट स्कुल अफ ड्रिस्ट्रिक्टमा अध्ययनरत छात्रको मुत्यु भएको हो । विद्यालयका अधिकारी ग्रेनिटा लाथमले गोलीबारीमा छात्रको मुत्यु भएको पृष्टि गरेको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । घटनामा मृत्यु भएका छात्र र घटनाको बारेमा केही खुलाइएको छैन । घटनमा संलग्न आरोपीलाई प्रहरीले मंगलबार राती नै पक्राउ गरेको छ । घटनामा पछि बुधबार विद्यालय बन्द रहेको छ ।
गोलीबारी विद्यालय भित्र या बहिर कता भएको हो यस बारेमा समेत बिस्तृत केही आएको छैन । घटना बारे प्रहरीले अनुसन्धान गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected