क़तार-संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा २४ जना सवार मिनिबस दुर्घटनामा पर्दा पाँच जनाकाे ज्यान गएकाे छ ।
बिहीबार बिहान भएकाे दुर्घटनामा १९ जना घाईते भएका छन् । उक्त मिनिबसमा १८ जना नेपाली सवार रहेकाे यूएई नेपाली राजदुताबासले जनाएकाे छ ।
युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुर्घटना परेकाे सामाजिक संजाल मार्फत जानकारी गराएका हुन ।दुताबास टाेली घाईतेहरु भेटन अस्पताल पुगेकाे जनाईएकाे छ ।
दुर्घटनामा मुत्यु भएकाहरुकाे पहिचान खुलेकाे छैन । प्रवासी कामदार बोकेको बस र मालवाहक ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ । प्रहरीले भने लापरवाहीपूर्ण ड्राभिङका कारण दुर्घटना भएको जानकारी दिएकाे छ । नेपाली राजुताबासले मुतकहरु काे र कुन मुलुकमा हुन पहिचान लिने काेसिस गरेकाे छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...