–भावना बिष्ट
ल आज म एऊटा सपना लेख्छु ,
आखै आंखामा मदिरा (नशा) लेख्छु
समय समयको कथा लेख्छु,
यों पल पल को हिसाब लेख्छु,
ल आज म सपना लेख्छु
आखै आंखा मा मदिरा लेख्छु…….
कता कतै तिमी मलाई लेख्नु ,
तिम्राे मनभरिकाे प्रश्नहरुमा
कता कतै म तिमीलाई लेख्छु
मेरा मन भरी को उज्यालाेहरुमा
ल आज म सपना लेख्छु
आँखै -आँखामा मदिरा लेख्छु
म थोपा थोपा पग्लिदै लेख्छु
तिमी समेट्दै
ज़िन्दगी लेख्नु
मायाप्रेम को आज दुबैले ,
लालीमय सुन्दर गुलाब लेखौं
ल आज म सपना लेख्छु
आखै आखामा मदिरा लेख्छु ।
मनका ती इच्छा र चाहाना ,
लौ आऊँ आज मनै भरी लेखौ
गुम्सिएका ऊकुसमुकुस ,
अब हामी हाँसीखुशी लेखौ
ल आज म सपना लेख्छु
आखै आखामा मदिरा लेख्छु ।
संगसंगै बाच्नेमर्ने कसमहरु
आज सबै मन मुटुमा लेखौं
बिर्सिएक तिता पिरा घाऊहरु
हामी दुबै अंगालोमा लेखौं
ल आज म सपना लेख्छु
आखै आँखामा मदिरा लेख्छु ।।
–अमेरिका
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...