टेक्सस– अमेरिकामा यो वर्षको पहिलो मुत्युदण्डको सजाय टेक्सस राज्यमा दिइएको छ ।
१५ वर्ष अघि पत्नीको हत्या गरेर दोषी ठहर भएका आरोपीलाई विषयुक्त इंजेक्सन दिएर  बुधबार टेक्ससको हन्टस्भिलमा उनलाई मुत्युदण्डकोसजाय दिइएको हो ।

६४ वर्षीैय जान गार्डनरलाई सन् २००६ मा आफनी पा“चौ श्रीमति टैमी गार्डनरको हत्याको अभियोगमा मुत्युदण्डको सजाय सुनाइएको थियो । श्रीमानसंग सम्बन्धी बिग्रेपछि टैमीले उनलाई छाडेर हिडेकी थिइन । त्यपछि उनले सम्बन्धबिच्छेदका लागी अदालतमा मुद्धा दायर गरेकी थिइन ।

सम्बन्धबिच्छेदको फैसला आउनु दुई साता अघि नै जान गार्डनरले श्रीमतिको नर्थ टेक्ससको नया घरमा पुगेर उनको टाउकोमा गोली हानेका थिए । गोली लागेको दुई दिनपछि श्रीमतिको मुत्यु भएको थियो । उनले यस अघि आफनो दोस्रो गर्भवति पत्नीलाई समेत गोली हानेका थिए ।

उनले आफनो अन्तिम बयानमा परिवारसंग माफी मागेको समाचार एजेन्सीले जनाएको छ । उनले बयानमा भनेका छन् – ‘म माफी चाहन्छु, तर थाहा छ मलाई तिमीले माफी दिने छैनौ । अघिल्लो वर्ष अमेरिकामा २२ जनालाई मुत्युदण्डको सजाय दिइएको तथ्याङक छ । जसमध्ये टेक्ससमा ९ जनालाई मुत्युदण्ड दिइएको थियो ।

तस्विर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected