होचा व्यक्तिको रुपमा विश्व किर्तिमानी खगेन्द्र थापा मगरको उपचारको क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा २७ वर्षको उमेरमा निधन भएको छ ।
बिरामी भएपछि अस्पतालमा पु¥याएका थापाको निमोनियाका कारण निधन भएको अस्पतालले जनाएको हो ।


बागलुङ धुल्लुबासबोट ६ स्थायी घर भएका थापा ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका थिए । ५७ सेन्टीमिटर अर्थात २२ दशमलव ०४ इन्च भएका थापालाई विश्वकै सानो बच्चाको उपाधी दिइएको थियो ।
बागलुङ स्थायी घर भए पनि थापा मगर परिवारसंग पोखराको सृजनाचोकमा बस्दै आएका थिए । रुपबहादुर र धनमाया मगरको पुत्ररत्नको रुपमा उनको २०४९ असोज १८ गते बागलुङमा उनको जन्म भएको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected