टेक्ससमा गाडी किन्दा नेपालीबाटै ठगिदै नेपाली
शिव शर्मा
टेक्सस–काठमान्डौका मेघनाथ र योगमाया खतिवडा दम्पत्ति टेक्ससको अर्भिङमा बस्दै आएका छन् । हालै नेपालबाट आएका यी दम्पत्तिले एक नेपाली बिक्रेतासंग ठिक्कको ६ हजार डलर पर्ने टोयटा कार किने । सवारी नभई अमेरिकाको जीवन चल्न निकै मुस्किल छ । दैनिक जीवन सजिलो होस भनेर सुरुमा उनिहरुले पनि अरु नेपालीले झै पुरानो गाडी किनेका थिए ।
एक महिना अघि उनिहरुले किनेको गाडी घरमा ल्याएको दुई दिनमै बिग्रियो । काममा गइरहेका यी दम्पत्तिको गाडी बाटोमै रोकियो । तिनै नेपाली बिक्रेताले लगेर गाडी बनाए जस्तो गरेर फेरी ल्याइदिए । तर दुःखको कुरा गाडी चलेन । फेरी गाडी बिग्रेको गुनासो दम्पत्तिले गरे तर ति बिक्रेताले टेरपुच्छर लगाएनन । ‘फेरी फोन गर्दा उनले मलाई टर्रचर दिने हैन भन्दै हकारे’ योगमायाले गुनासो गदै भनिन– ‘दुई दिन पनि नटिक्ने गाडी भिडाएर अहिले फोन गर्दा पनि फोन उठाउदैनन ।’
६ हजार डलरको गाडी घरमै थन्काएर अहिले उनिहरुले ट्याक्सी उभर प्रयोग गरेर काममा जान बाध्य भएका छन् ।
यो त एउटा उदाहरण मात्र हो । टेक्ससको ड्यालस वरपर यसरी नै भर्खर नेपालबाट आउने नेपालीहरुलाई बिग्रेको र टिकाउ नहुने गाडी बेचेर केही नेपाली बिक्रेताले ठगी गरिरहेका छन् । गाडी बिग्रेको छोटो समयमा न उनिहरुले गाडी बनाइदिन्छन् न त गाडी नै साटिदिन्छन् । गाडी बिग्रेको गुनासो गर्दा उल्टो झर्केर फोन राखिदिने गरेको गाडी किन्नेहरुको गुनासो छ ।
ति गाडी बिग्रेताहरु भर्खर आएका नेपालीहरुलाई जानकारी बढी नहुने भएकाले यसरी नटिक्ने गाडी बेच्ने गरेको जनगुनासो व्यापक आएको छ । गाडीको भित्री इन्जिनको बारेमा सबैलाई थाहा नहुन सक्ला तर बिक्रेताहरुलाई ग्राहकलाई गाडी बेच्दै गर्दा गाडीको अवस्थाको बारेमा पुरापुर जानकारी हुने लामो समय देखि टेक्सस बस्दै आएका सगुन सायमी बताउछन् ।
नेपाल यातायात डिएफडब्लु मार्फत सर्वसुल्लभ रुपमा नेपालीहरुलाई यातायातको सुविधा दिलाउदै आएका उनले नेपाली बिक्रेताबाट गाडीमा ठगिएको गुनासो आफु कहा“ धेरै आउने गरेको बताए ।
‘केही नेपाली विक्रेताले नेपालबाट आउने नया नेपालीहरुलाई टिकाउ नहुने बिग्रेका गाडी बेचीरहेको गुनासो बढेको छ ’ सायमीले भने– ‘धेरै नेपाली आफुहरु नेपालीबाटै गाडी किन्दा ठगिएको गुनासो गदै आउनु हुन्छ ।’
उनका अनुसार ड्यालस वरपर व्यक्तिगत डिलर देखि सबै गरेर एक दर्जन नेपाली गाडी बिक्रेताहरु रहेका छन् । यिनीहरु मध्ये केहीे बिक्रेताले यसरी नेपालीहरुलाई अवस्था बिग्रेको र टिकाउन नहुने गाडी बेच्ने गरेको बताए । कतिपय डिलरले कमिसन दिएर व्यक्तिलाई गाडी बेच्न लगाउछन् ।
‘हाइ लेबलको म्यालेज गाडीको मिटर घुमाएर तल झारेर समेत नेपालीले नेपालीलाई गाडी बेचेको पाइयो सायमीले भने– ‘यो त ठगीको अति ने पराकाष्ठ भएन र ?
भर्खर अमेरिका आउने नेपालीहरुले गाडी किन्दा टिकाउपुर्ण गाडी नबेच्ने नेपाली विक्रेताहरुबाट यसरी आर्जित भएका छन् ।
व्यापारमा नाफा खानुपर्छ तर गाडी व्यापारीहरु भने भित्री इन्जिन हामीलाई थाहा हुदैन भन्दै पन्छिन गरेका छन् । गाडी विक्रेताहरुलाई गाडीको अवस्था राम्रो नराम्रो के हो पुरा थाहा हुने र उनिहरु आफै पनि मिस्त्री भएकाले गाडीको बारेमा सबै थाहा हुदैन भन्नु उनिहरुको पन्छिने बहाना मात्रै भएको गाडी किन्नेहरुको गुनासो छ ।
तीन महिना अघि स्याङजाबाट टेक्ससको ड्यालस आएका भवानी खत्री पनि गाडी किन्दा नराम्रोसंग ठगिए । उनले ७ हजारमा किनेको होन्डा कार साता दिन नहुदै ग्यारेजमा थन्कियो । गाडीको बारेमा गुनासो लिएर विक्रेताकोमा पुगे उनी । उनको गाडी विक्रेताले बनाइ त दिए तर गाडी लामो टिकेन । आखिर भएको के रहेछ भने हाइ म्यालेजको गाडी मिटर घुमाएर उनलाई बेचिएको रहेछ । उनले भने–‘सुरुमै आउ“दा यो परदेशमा नेपालीबाटै नराम्रोसंग यसरी ठगिनु प¥यो ।’
हो सुरुमा आउने उनी जस्तै नेपालीहरु सवारी चलाउन हात बसीसकेको हुदैन । यसैले धेरैले ‘सेकेन्ड ह्यान्ड’ गाडी किन्ने गरेका छन् । सजिलोका लागी उनिहरुले नेपाली विक्रेताहरुलाई रोज्छन् । तर उनीहरु तिनै नेपाली विक्रेताबाट ठगिएका छन् । यति मात्र हैन व्यक्तिगत रुपमा नया आउने नेपालीलाई चिनेजानेको भरमा गाडी बेच्नेहरुले पनि टिकापुर्ण गाडी बेच्दैनन ।
गाडी बेचीसकेपछि सुरुका दिनमा जिम्मा नै नलिने हो भने यो बिजनेस नगरेकै राम्रो हुन्थयो भन्दै पीडितहरु गुनासो गर्छन् ।
सन् २००९ देखि ड्यालसको अर्भिङमा नेपाल अटो रिपियर संचालन गदै आएका सजित राईले कमिसनको चक्करले यस्तो समस्या उत्पन्न भएको बताउछन् । गाडी डिलरले कमिसन दिएर केही पुराना नेपालीलाई बेच्न लगाउछन् उनले भने–‘नया किन्ने नेपालीलाई गाडीको बारेमा जानकारी नहु“दा धेरै फसेका छन् ।’
उनका अनुसार २ लाख माइलेज पुगेको गाडीलाई १ सय २० मा झारेर बेचेको पनि हामीकहा“ समस्या लिएर आउनेहरुबाट थाहा पाएको छ ।
उनले गाडी किन्नु अगाडी अनुभवी मिस्त्रीलाई देखाएर मात्र किन्ने हो भने यस्तो समस्या नआउने बताए ।