यसो घरको कोठा नियाल्दा विक्रीमा राखिएको कपडाको पसल जस्तै देखिन्छ । सबै सामान चिरिच्याट्ट मिलाएर राखिएको छ । कहिलेकाही सामाजिक संजालमा मोडल सिमा जोशीले यसरी नै फोटो अपलोड गर्दा झुकिन्छन् । आहा कति राम्रो फेसन हाउस भन्दै कमेन्ट आउछ उनलाई ।
तर पर्खनुहोस यो कुनै पसल हैन, अमेरिकाको टेक्ससको राजधानी अस्टिनमा बसोबास गर्ने मोडल सिमाको आफनो घरको कोठा मा सजाइएको फेसनका पहिरन तथा सरसामान हुन । फेसनेबल पहिरनकी सौखिन सिमाले आफनो घरलाई सेलिब्रेटीको शैलीमा ढालेर सिंगारेकी छिन् । उनी हलिउड सेलिब्रेटी किम कडासियनबाट प्रभावित भएकी हुन । उनको घरको कोठालाई अनौठो मान्दै फोटो खिच्न आउनेहरु पनि त्यतिकै हुन्छन् ।त्यसो त उनले पहिरन मात्रै हैन आफुलाई उनकै स्टाइलमा समेत ढालेकी छिन् । उनले आफनो घरको दुई कोठोलाई पहिरन, मेकअप, जुत्ता, ब्याग, पर्फुयुम लगायतको फेसनेबल पहिरनलाई छुटाएर संग्रह गरेकी छिन् । बहुचर्चित अमेरिकी ब्रान्ड च्यानल, प्राडा, फेन्डी, लुईस विट्टन, डायर,  लगायत उनका कलेक्सहरु हुन ।
हुन त सिमाको पहिला देखि नै ड्रिम हलिउड सेलिब्रेटीकै जस्तो लाइफस्टाईल बिताउने थियो । त्यो उनले पुरा गरेकी छिन् । यसरी सजिएको उनको क्लोजेटमा सामान्य ५० डलर देखि १० हजार डलर अर्थात नेपाली दस लाख रुपैया पर्ने सम्मको परिहन उनी लगाउछिन् । उनी संग १० हजार डलर पर्ने फेन्डी  ब्रान्डको ज्याकेट देखि १० हजार डलरकै ब्रासलेट पनि रहेको छ । उनका दुबै कोठा फेसनेबल पहिरनले भरिभराउ भएका छन् । फेसनेबल सरसामानको भीडले उनलाई कुन सामान कहा“ छ अत्तोपत्तो हुदैन । उनलाई बजारमा आएका नया –नया स्टाइल र ब्रान्ड किनीहाल्नुपर्छ । ‘पहिरनमा अलिबढी नै सौखिन छु’ सिमाले भनिन– ‘पहिरनमा चुजी पनि छु, नया स्टाइल देखेपछि मलाई किनिहाल्नुपर्छ ।’


यसरी किनेको फेसन परिहन उनी एक दुई पटक लगाएपछि फेरी दोहोराएर लगाउदिनन् । उनी नेपाली आठ लाख रुपैया पर्ने ब्रान्डेड घडी लगाउछिन् । उनी हरेक चिज ब्रान्डेड नै लगाउछिन् । उनी अझै आफनो कोठालाई बिस्तार गर्ने सोचमा छिन् ।
अमेरिकाका विभिन्न फेसन ¥याम्पपमा क्याटवाक अनुभव बटुलीसकेकी सिमालाई हट लुक्सले पृथक देखाउछ । लुक्स र डे«सअपले उनलाई अन्तराष्ट्रिय मोडल जस्तै देखाउछ । त्यसो त उनी अमेरिकी फेसन ¥याम्पमा उतरेर अन्तराष्ट्रिय नेपाली मोडलको पहिचान दिलाईसकेकी छिन । धेरै उनलाई नेपाली मोडल भनेर चिन्न सक्दैनन । ‘मलाई प्रायले विदेशी मोडल नै भनेर अनुमान लगाउछिन् ्’ उनले भनिन– ‘नेपाली भाषा बोल्न थालेपछि बल्ल नेपालीहरुले नेपाली भनेर चिन्छन् ।’ फेसन शोहरुमा मात्र हैन उनको लुक्स अरु बेला पनि एक्स्ट्रा नै हुने गरेको छ ।
सन् २००० मा भारतको दिल्लीबाट इ कर्मशमा ग्रयाजुवेसन गरेकी सिमाले त्यहा रहदा पनि केही भारतीय फेसन शोहरुमा क्याटवाक गरेकी थिइन । उनको लुक्स देखेर त्यो बेला रामगोपाल बर्माले समेत सिनेमाका लागी अफर गरका थिए । तर उनले त्यतिबेला फिल्ममा गइहाल्ने सोच बनाइनन् । घरपरिवारबाट समेत उनलाई यो क्षेत्रमा लाग्न खासै सर्पोट भएन ।
नेवार समुदायमा हुर्किएकी उनलाई त्यतिबेला फेसनको रंगीन क्ष्ँेत्रमा आउन बन्देज थियो । सौख सानैदेखि मोडलिङ फेसन र सिनेमामा आउने थियो उनको । सानै देखि नै फिल्मको हिरोइन भन्ने सौख राखेकी थिए’ हसिलो पारामा उनले भनिन– ‘तर अहिले आएर त्यो इच्छा पुरा भएको छ ।’ सन् २०१९ उनका लागी सुखद बनेको छ ।
उनी पा“च वटा नेपाली सिनेमाका लागी अनुबन्धित भइसकेकी छिन् । सिनेमाका लागी उनी केही महिना पछि नेपाल जादैछिन् ।
उनले नेपाली सिनेमा मासुभातको समेत निर्माण गरेकी छिन् । अमेरिका आएको पनि अहिले १३ वर्ष बितिसकेको छ उनको । यो अवधीमा उनी दर्जर्नो अमेरिकाका फेसन ¥याम्पहरुमा क्याटवाक गरेर हट मोडलको रुपमा पहिचान बनाइसकेकी छिन् ।
उनले टेक्ससका लोकप्रिय ग्लाम फोटोग्राफरहरुसंग फोटोसेसन गदै आएकी छिन् । विभिन्न व्यापारिक प्रयोजनका लागी गरिने फेसन शो देखि यहा“का म्याग्जिनहरुका लागी पनि उनले फोटोसेसन गरेकी छिन् । विभिन्न ब्रान्डका कपडाहरुको प्रोमोसनका लागी आयोजन हुने फेसन विकमा उनलाई अफर आउने गरेको छ । त्यस्ता दर्जनौ शोहरुमा उनले क्याटवाक गरिसकेकी छिन् । अस्टिनमा हुने फेसन विकमा पनि उनले क्याटवाक गदै आएकी छिन् । आइब्रो तथा बुटिकको बिजनेस समेत समाल्दै उनले आफनो फेसनको करिअरलाई निरन्तरता दिन तल्लिन देखिन्छिन् । फेसन संगै सम्बन्धीत एउटा आफनै राइज एन्ड स्टाइल नामको बुटिककी डिजाइनर समेत रहेकी सिमाका आठ वटा आइब्रो सेन्टर रहेका छन् । अब नेपाली सिनेमा क्ष्ँेत्रलाई पनि अन्तराष्ट्रिय स्तरमा पहिचान दिलाउने सोचमा छु उनले भनिन, ‘सिनेमामा लगानी अभिनय दुबैलाई निरन्तरता दिनेछु ।’

Video link

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected