अमेरिकामा हुन लागेको जनगणना र रोजगारीका अवसर बारे अष्टिनमा कार्यक्रम
टेक्सास (अष्टिन)- टेक्सासको अष्टिनमा अमेरिकामा हुन लागेको जनगणना र रोजगारीका अवसरबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।
अष्टिनका नेपालीहरुको साझा संस्था ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स)को आयोजनामा हुन लागेको कार्यक्रममा अमेरिकामा निकट भविश्यमा हुन लागेको जनगणना र जनगणनामा नेपालीहरुको सहभागीता संगै रोजगारीका अवसरबारे स्पष्ट पार्न टेक्सासमा नेपालीहरुको बाक्लो बस्ति भएका डालस, ह्युष्टन, लबक लगायतका शहरका नेपाली समाजका नेतृत्वकर्ताहरु संगै फुल्गरभिलका मेयर भिक्टोर गोन्जालेस पनि सहभागी हुने कार्यक्रम रहेको ग्यान्सका अध्यक्ष भोजराज भट्टले जानकारी दिनुभयो ।
अध्यक्ष भट्टका अनुसार कार्यक्रममा प्रभात दिक्षित, शुमित साह लगायत जनगणना र रोजगारीका अवसरबारे जानकार अन्य व्यक्तिहरु सहभागी हुदैछन् । भोली शनिबार फुल्गरभिल लाइब्रेरीमा आयोजना हुन लागेको कार्यक्रमले अमेरिकी जनगणना र नेपालीहरुको सहभागीता तथा नेपालीहरुका लागी रोजगारीका अवसरका बारे स्पष्ट पारिने बताइएको छ ।
दिउंसो साढे २ बजेपछि शुरु हुने कार्यक्रममा सहभागी भएर लाभ लिन ग्यान्सले सबै नेपालीहरुमा अनुरोध गरेको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...