टेक्सस– अमेरिकाको फेरी युटा राज्यको एक घरमा शुक्रबार राती भएको गोलबारीमा चार जनाको ज्यान गएको छ । मुत्यु हुनेमा तीन बालबालिका र एक महिला रहेका छन । घटनास्थल साल्टलेक सिटी बाट ५६ किमी टाढा रहेकाे छ ।
घटनामा अन्य केही घाइते भएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । राज्यको राजधानाी साल्टलेक सिटीको बाहिरी इलाका ग्रांटसविलमा घटना भएको हो । उक्त क्षेत्रमा दस बजार मान्छेहरुको बसोबास रहेको छ । प्रहरीले घटनामा संलग्न भएको आंशकामा आरोपलाई पक्राउ गरेको छ । तर पहिचान भने खुलाइएको छैन ।
स्थानिय प्रहरीले संचारमाध्यमलाई दिएको जानकारी अनुसार पा“च जना माथि गोली हानिएको थियो । घटनामा मृतकहरुको पहिचान भए पनि घाइतेहरुको पहिचान खुलेको छैन । घटनाको बारेमा जानकारी दिने पीडितका आफन्तको प्रहरीले खोजी गरेको छ । तर प्रहरीले पीडित र हमलाकारीको नाम सावर्जजनिक गरेको छैन । उक्त सहरका मेयर बे्रट मार्शलले पीडित र आरोपी एउटै परिवार सग सम्बन्धीत भएको हुन सक्छ ।
घटनाको बारेमा युटाका गर्भनर गैरी हर्बटले ट्वीट गदै घटनामा ज्यान गुमाउनेहरुलाई समवेदना प्रकट गरेका छन्
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...