आफनो भाषा संस्कृति सात समुन्द्रपारी रहे पनि विभिन्न तारतम्य मिलाएर नेपाली समुदायले संरक्षण गदै आएका छन् । यस्तै संस्कृतिलाई जोगाइराख्न युनाईटेड नेवा युएसए ले हरेक वर्ष इन्द्र जात्रा नाच देखाउदै अँएको छ ।
यसपटक पनि टेक्ससको युलेस स्थित बियर क्रिक पार्कमा आउ“दो सेप्टेम्बर २२ आईतबार यो कार्यक्रम गर्न लागिएको हो ।
आफनो भाषा संस्कृति तथा बाजागाजा सहित नेवार समुदायले यो पर्वलाई वर्षोदेखि भव्य रुपमा मनाउदै आएको छ । आयोजकका अनुसार यस पटक पनि इन्द्रजात्रा कार्यक्रम भव्य हुने अपेक्षा राखिएको छ । कार्यक्रममा लोकप्रिय पप गायक जोडी सरिस्मा अमात्य र संजीव प्रधानको लाइभ कन्र्सट रहने आयोजकले बताएका छन् ।
कार्यक्रममा लाखे नाच सहित कुमारीका रथयात्राले कार्यक्रमको माहौललाई तताउनेछ । नाचगान संस्कृति संगै नेवारी समुदायमा प्रचलित समयबजी लगायतका खानाहरु समेत कार्यक्रमको आकर्षण रहनेछ । हरेक वर्ष धिमे बाजा बजाउदै आएका युसुफमान श्रेष्ठले यस पटक अघिल्लो वर्षको तुलनामा कार्यक्रममा जनसहभागिता बढ्ने बताए । कार्यक्रममा विशष प्रस्तुति रहनेछ । अमेरिकाका विभिन्न राज्यहरुमा नेवार समुदायले इन्द्रजात्राका कार्यक्रमहरु गदै आएका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...