टेक्सस– अमेरिकामा सशक्त समाजिक संजाल फेसबुकलाई कडा झटका लागेको छ ।
अमेरिकी अदालतको एक न्यायधिसले फेसबुक हजारौ एपको डाटा प्रहरीलाई हस्तान्तरण गर्न निर्देशन दिएका हुन । क्याम्ब्रिज एनालिटिका डाटा घोटालामा फेसबुक प्रयोगकर्ताको गोपनियता उल्लघन गरेकोले उक्त आदेश दिइएको हो ।
अघिल्लो वर्ष फेसबुक कम्पनीले पनि गोपनिता उल्ल्घन आरोप पछि सबै एप आफनो वालबाट हटाएको थियो ।
बासिङटन पोष्टमा प्रकाशित समाचार अनुसार म्यासच्युसेटस का न्यायधिसले कम्पनीको अहम दस्तावेज जाचकर्ता सामु जानबाट रोक्न फेसबुकले गरेको अपिललाई समेत खारेज गरिदिएको छ ।
फेसबुकमा प्रवक्ता एंडी स्टोनले भने– ‘हामी यसबाट निराश भएका छौ, म्यासच्युसेटस अदालतले हाम्रो अपिललाई विचार गरेन ।’
उनले यसको खिलाप उच्च अदालतमा अपिल सहित जाने बिचार गरिरहेको बताएका छन् ।

के हो त क्याम्ब्रिज एनालिटिकाको घटना
यस सम्बन्धी मुद्धा भनेको फेसबुकबाट डाटा चोरेर त्यसको गलत तवरले प्रयोग गर्नु हो । यो घटना अमेरिकाको हो । जुन २०१३ बाट सुरु भएको हो । क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ता एलेक्जेन्डर कोगनले एउटा पर्सानालिटी क्विज बनाएका थिए । यसलाई धेरै भन्दा धेरै माझ पु¥याउन धेरै भन्दा धेरै फेसबुक वालमा पोस्ट गरिएको थियो । जब फेसबुक प्रयोगकर्ताले यो एपलाई डाउनलोट गर्न चाहे तब फेसबुकक प्रयोगकर्ताले फेसबुक नै लग इन गर्नु परेको थियो । यसो गर्दा एप्स प्रयोगकर्ताको डाटा एक्सेस गर्न अनुमति मागिन्छ । यस पछि बिस्तारै एपको तर्फबाट ८.७ करोड प्रयोगकर्ताको फेसबुक पे्राफाइलको पुरा जानकारी कोगन समक्ष पुगेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected