अमेरिका– अमेरिकी विदेश विभागले इरानको इस्लामिक रेवोल्युसन गार्डस काप्र्सका एक वरिष्ठ अधिकारीलाई प्रतिबन्ध लगाएको छ ।
खुजेस्त प्रान्तको कमाण्डर बिग्रेडियर जनरल हसन शाहवरपुरलाई महशर सहरमा प्रर्दशनीलाई मारेकोमा दोषी करार गदै कालो सुचीमा राख्दै प्रतिबन्ध लगाएको हो । समाचार एजेन्सी सिन्हुवाले अमेरिकी विदेश विभागको हवाला दिदै समाचार प्रकाशित गरेको छ ।
अमेरिकी विदेश विभागको यो घोषणा संगै प्रतिबन्धित हसन र उनको परिवारलाई अमेरिका प्रवेशमा समते अयोग्य ठहरिएका छन् ।
यसले अमेरिका र इरानबीच थप तनाव बढाउने संकेत देखिएको छ । अमेरिकी आक्रमणमा इरानी जनरल कासिम सुलेमानी मारिएपछि तनावपुर्ण स्थिति बनको हो ।
केही समाचार एजेन्सीका अनुसार शाहपुरको आदेशमा आइआरजीसिका १४८ प्रदर्शनकारी मारिएका थिए । अमेरिकी विदेश विभागले यसबारेमा एक बयानमा उक्त कुराको जानकारी दिएको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected