_______रन्जु मार्ग

+’अस्ति तपाइले भनेको फेला परेको छ ।’बुढी आमै फोनमा बिस्तारै बोल्छिन ।
‘-कहाँ ?’उता खुशी हुदै एक अधबैसे आइमाई बोल्छे ।
‘+यहि ,तपाइको घर नजिकै हो।’
‘-त्यसो भए एक पल्ट हेर्न जाउँ न त ।’
‘+हेर्न मात्र होइन लिने नै हो भने मात्र आउनुस ।’
‘-पहिला नहेरी कसरि लिन्छु भन्नु ?’
‘+त्यसो भए अर्को मान्छे खोज्छु ।’
‘-त्यसो नभन्नुस आमै ,बिन्ति छ ।’
‘+तपाइलाई जस्तै अरुलाई पनि चाहि राखेको हुञ्छ।’बुढी आमै घुर्की लगाउछिन ।
‘-एक पल्ट त हेर्नु पर्यो नि ।लुलो ,लंगडो ,आँखा नदेख्ने पो छ कि भनेर मात्र ।’
‘+त्यस्तो भएको भए म तपाईलाई भन्ने थिएँ र ?फेरी तपाई संग मात्र मैले यो काम गर्न लागेको हो र ?धेरै वर्ष भै सक्यो मैले यस्तो काम गर्न थालेको ।आज सम्म कहीं कतै खोट निस्किएको छैन ।’
‘-ल ,ल म आउंछु ।
‘+मैले भनि सकेको छु ,लिने नै हो भने मात्र आउनुहोला ।’
‘-ओहो ,कस्तो बिस्वास नगर्नु भएको होला ।’
‘+विश्वास भन्दा पनि पक्का काम गर्न खोजेकी हुँ ।
‘-अनि कति पैसा नि ?’
‘+बिस हजार ।’
‘-यो त महँगो भएन र ‘
‘+के को महँगो ?फेरी मैले किन बेच गरेको थोडै हो र ?मैले त राख्दा लागेको खर्च मात्र त भनेको हुँ नि ! मेरो पनि त खर्च लागेको हुञ्छ ।कम्ति खर्चालु छैन ।कहिले त महिनौ राख्नु पर्छ खुवाएर ।’
‘+अहँ हुदैन ।एउटा हातमा पैसा अर्को हातमा………?
‘-ल ल आमै फोन राख्नुस , म आइहालें ।
##
दुबैले फोन राख्छन ।त्यो अर्धबैसे आइमाई बुढी आमै बसेको कोठा तिर लाग्छे ।दुवै जना को भेट हुञ्छ ।
‘-पैसा पछि दिदा हुदैन ?’
‘+अहँ हुदैन ।एउटा हातमा पैसा अर्को हातमा ……..?
‘-त्यसो नभन्नुस न ,अहिले म संग तपाइले भने जति पैसा छैन ,बरु यो कागज छ ।’भन्दै त्यो अर्धबैसे आइमाइले झोलाबाट एउटा कागज निकाल्दै दिन्छे ।
‘+यो के हो ?’ बुढी आमै यता उता हेर्दै सोध्छिन ।’
‘-यो वकिलले लेखि दिएको कागज हो ।यसमा मेरो सबै सम्पति त्यहि बच्चाको नाममा गरि दिएको छु।
+सम्पति बच्चाको नाममा ?’बुढी आमै अचम्म मान्छिन ।केहि छिन मौन हुन्छिन ।
‘-किन चुप लाग्नु भयो ,विश्वास लागेन ?अर्धबैसे आइमाई सोध्छे ।
‘-छोरा बुहारीको बच्चा नभएको दस वर्ष भैसक्यो ।मान्छेहरु भन्छन छोराको अर्को बिवाह गरिदेउ ।तर म आमा कसरी आफ्नो छोराको टाउकोमा दुईवटा नाम्लो लगाई दिउँ ?’
पैसा सम्पति के हो र छोराबुहारीको खुसीको अगाडी ?’
‘-तपाइको आँखामा आँसु ?’ बुढी आमाको आँखा रसाउछ
‘+तपाई महान सासु हुनुहुञ्छ।‘
‘+ मेरी सासुले पनि यसै गरि सबै कुरा बुझी दिएको भए…आज म बच्चा नजन्माएको कारण घरबाट निकालिने थिइन …….!

####

न्युयाेर्क, अमेरिका

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected