टेक्सस–अमेरिकाको हवाई राज्यको होनोलुलुमा आईतबार बिहान भएको गोलबारीमा दुई प्रहरीको ज्यान गएको छ ।
बन्दुकधारीले अन्धधुन्ध गोली चलाउदा दुई प्रहरीको मुत्यु भएको स्थानिय संचार माध्यमहरुले जनाएका छन् । उनिहरुको स्थानिय अस्पतालमा मुत्यु भएको थियो ।
प्रहरीले हवाईको डायमंड हेड नजिक हतियार सहित एक व्यक्तिलाई फेला पारेको थियो । भेटे लगत्तै उक्त व्यक्तिले दुई प्रहरीलाई निशाना बनाएर गोली चलाएको थियो ।
हानोलुलुका मेयर किर्क क्यानल्डवेलले ट्वीट गदै मृतक प्रहरी अधिकारीको परिवालाई शोक व्यक्त गदै उनिहरुको मुत्युलाई सहर र राज्यका लागी अभुतपुर्व त्रासदी भनेका छन् ।
स्थानिय संचारमाध्यमले जनाए अनुसार गोली प्रहार गर्ने व्यक्तिलाई घरबाट घर मालिकले बिहान निष्काशन गरेका थिए । उनले महिला घरमालिक माथि समेत छुरा प्रहार गरेको जनाइएको छ । केही घरमा समेत आगलागी भएको जनाइएको छ ।
उक्त बन्दुकधारीले घरभित्र पसेर आगो समेत लगाएको जनाइएको छ । घर भित्रै रहेको बन्दुकधारी आगोमा जलेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...