अमेरिका–अमेरिकाको भर्जिनिया राज्यको रिचमण्ड सहरमा सोमबार मध्यान्ह बन्दुक प्रदर्शन गदै ¥याली गरिएको छ
। बन्दुक राख्न पाउनु पर्ने अधिकारको समर्थन समुह द भर्जिनिया सिटीजन्स डिफेन्स लिगले बन्दुक प्रदर्शन गदै ¥याली गरेको हो । हजाराै मानिस र्यालीमा देखिए ।बन्दुक राख्न पाउने पक्षमा यो ¥याली हरेक वर्ष हुदै आएको छ ।
¥यालीमा बन्दुक राख्न पाउने अधिकारको समर्थन गदै बन्दुक पेस्तोल लगायत विभिन्न गोली गठ्ठा सहितको ¥यालीमा प्रदर्शनकारी उर्तिएका थिए । बन्दुक राख्न पाउने नियम हु“दा हुदै पनि केही बिधेयक पारित भएपछि बन्दुक राख्ने अभियानका पक्षधरहरु आक्रोसित बनेका छन् ।

समर्थकहरुले क्यापिटल मैदानमा बजीरहेको सुरक्षाघेरा नजिकै पुगेर हामी पालना गदैनो भन्दै कराएका थिए । धेरैले खुलेआम बन्दुक बोकेका थिए । केहीले क्याम्फ्लाज र सैन्य गियर लगाएक थिए ।
बन्दुक सुरक्षा समुहले क्यापिटलमा मार्टिन लुथर किङ डे मनाउने कार्यक्रमलाई समेत प्रभावित पारेका थिए । ¥याली हिंसात्मक हुन सक्ने आंशका गरिए पनि त्यस्तो अप्रिय घटना केही हुन पाएन । जुलुस शान्पिुर्ण थियो र कुनै संभाविता घटनाहरु नघटेको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।
अघिल्लो दिन नै गर्भनर राल्फ नर्थमले भर्जिनियामा आपतकाल घोषण गदै संसद भवन वरपर क्षेत्रमा बन्दुक तथा गोली गठ्ठाको प्रदर्शनमा प्रतिबन्ध लगाएका थिए ।
तस्वीर एजेन्सी
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...